गीत

 

गीतकार

अर्जुन प्रधान
अमेरिका

तिम्रै हातको कलकल पानी पिउने थिएँ
अन्तिम साससम्म गुणी भई जिउने थिएँ
गाँउ घरमा दोष लागी हाम्रो नाता पराई
नजिक हुने बाचा हाम्रो सब मन डराई
सबै काट्नु बात तीतो मीठो अमर गुन लाई
विश्वास उही, सत्य उही सब एउटै हुनलाई
आमा बाबा समाजको पीरमा सधैं रोएछन्
तिम्रो मनको दिलभित्र मेरो मन सराई छ
तिम्रै आत्मामा शान्तिको दीयो भइ मर्ने
बाचा कसम मन भरि सधैं सिउने थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *