गीत
तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो…
तिमीलाई नै सम्झिएर कटाइदिञ्छु जिन्दगी यो,
सधैं सधैं खुशी मिल्छ भने तिमीलाई,
खुकुरीको धारमा राखी रेटाइदिन्छु जिन्दगी यो,
तिम्रै प्रशंसामा…
छल्छाम गरेको छैन, पागल प्रेमी म होइन,
उमंगले छुन्छ भने, आत्मा सन्तुष्टि हुन्छ भने,
तिमीलाई सुम्पिएर रित्याइदिन्छु जिन्दगी यो,
तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो
तिमीलाई नै सम्झिएर कटाइदिन्छु जिन्दगी यो…!!