गीत
टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया
सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब
मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब।
जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको
उदास मरुभूमि बन्यो शहर, तिमीले चुरा फुटाउँदा हातको
कैलेकहीँ सिसाको आसनमा हिँडेर त देखाऊ अब
मैँले जस्तै जहर प्यालाको…..पिएर त देखाऊ अब।
सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब
मैँले जस्तै जहर प्यालाको….
हुरी लिएर आयौ निभाई दियौ, मैँले जलाएको दियो रातको।
बसाई सर्यौ तोडेर सम्बन्ध सारा….कुरा गर्दै रगत र जातको
सक्छौ भने छाती पीडाले सिएर त देखाऊ अब
मैँले जस्तै जहर प्यालाको पिएर त देखाऊ अब
सक्नुपर्छ हिँड्न एक्लै एक्लै हिँडेर त देखाऊ अब
मैले जस्तै जहर प्यालाको…