गीत

गीतकार
गीतकार

नबिन नेपाल
कोलोराडो, अमेरिका

पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार
आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार

दसौँ वसन्त पार गरेँ, हाँसो लुकेको छैन उनमा
दुखित म भए पनि, साथ हुन्छ त्यो हँसिलो मुहार।
आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार।

मेरो दु:ख बिर्साउन, हरपल प्रयास उनको छ सधैँ
बिसञ्चो हुँदा पनि मलाई ओखती रे उनको मुहार।
आउँछिन् उनी सधैँ, सामु खुसी लिएर मुहार।
पुर्णिमाको जुन झैँ, त्यो हँसिलो उनको मुहार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *