गीत
खड्ग भट्टराई
ओहायो, अमेरिका
घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै,
फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै।
शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि ।
सही दिन्छ बर्खे भेल आँसु पिउँदै खहरेले पनि
जित मात्र होइन जीवन, हार पनि हो भन्छन् बरै
फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै।
गुलाब फुल्छ काँडा बीच मग्मगाउदै बास्ना हेर
एकबार पाएको जिन्दगानी त्यसै किन फाल्छौ खेर।
बसन्त मात्र होइन जीवन शिशिर पनि भन्छन् बरै
फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै।