गीत

गीतकार
गीतकार

खेम रिजाल
ओहायो, अमेरिका

इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा
हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा ।

बाँडेर   खायौं,  दिएर  आयौं,  देशलाई पनि
बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि
कहाँ   फाट्यो  मन  विश्वासको  रहेन  जेथा
हामी आफै हौं चिनारी  जल्दै  गरेको ब्यथा ।

बेचेर     नाता     आज     सिमाना   कटायौ
नङ्ग   र   मासुको   सम्बन्ध    पनि  फटायौ
नेपाली   भई    नेपालीपन  बाँचेको आस्था
हामी  आफै हौं चिनारी जल्दै गरेको ब्यथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *