गीत

गीताकार
गीताकार

यदु ढुंगेल
लुइभील, केन्टकी

शिरिरिरी बतास चल्यो खोला किनारैमा
भाग्य मेरो खोट रहेछ माँझ निधारैमा।

टाढिदैछन् पाइलाहरू नपाई घरमा बास
धेरै पिएँ घुट्काहरू मेटिएन प्यास
वारि-पारि पाखाभरि खरूकीको घाँस
सधैँ मन पिरोलिन्छ नपाई तिम्रो साथ ।
शिरिरिरी………………………

पल्ला गाउँको चौतारीमा धिन्ताङ् मादल सुन्थेँ
मायालुको हात समाई भावनामा रम्थेँ ।
कोइलीको भाका सँगै तिमीलाई नै रोज्छु
हिमालको बताससित तिम्रै कुरा सोध्छु ।
शिरिरिरी………………………..

झर्ना खोला बगरमा तिम्रै गीत लेख्छु
अझ पनि सपनीमा तिमीलाई नै देख्छु
ताँबे ढुकुर कुर्लीकुर्ली मनको बह पोख्छ
बिछोडको वेदनाले छाती भित्र पोल्छ।
शिरिरिरी……………………….

पहाडीको फेदीमा छ चिसो पानी पिउन
रोज्छ मन तिम्रै काखमा रमाई रमाई मर्न
रहने भो घिड्घिडो यो तिम्लाई साथ पाउँन
कल्प जुनी आउँदा जाँदा तिमीलाई नै पाउँन ।
शिरिरी…………………………

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *