गीत

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका 

मन मन्दिरलाई लत्याइ हिँड्ने मनै तिम्रो जाली रै छ,
जिन्दगीमा हार नभई जिती हिँड्ने बानी रै छ।

हजारौँ ती चोखा मनलाई विष छर्ने सानु तिमी,
त्यै विषले डसिएको एउटा मेरो मन पनि।

सपनीमा खुसी हुने मन बिपनीमा दुखी हुन्छ किन?
तिम्रै यादले होला सानु सताई रहन्छ छिन् छिन।

मायाका ती दासीहरू जलिरहेछन् तिम्रो यादमा,
के नै हुने होर अाखिर त्यो विष भरिएको दिलमा।

न टेक्नु न थाम्नु बनाई गयौ यो चोखो मनलाई,
लिएर सँगै हिँडेकी तिमी सम्हाल्नु है त्यो मेरो नासोलाई।

जति नै हार सहेर पनि थाक्दिन यो जीवनमा,
भुलेर पनि बिर्सने छैन सानु तिमीलाई जुनीजुनीमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *