गीत

टङक आचार
केन्टकी, अमेरिका

कोरस:
नेपाली मायालाई भुलेर पनि
नभुल्नु मनको छायालाई

केटा:
फर्केर हेर्नु बसेको ठाउँ, छुट्यो कि केही भनी
रीति थिति संस्कृति टुट्यो कि फुट्यो कि के भनी
केटी:
फर्केर हेर्छु बसेको ठाउँ, नछुटोस केही भनी
सँगाली रा छु संस्कृति हाम्रो नटुटोस केही भनी

दुवै:
पहिचान हाम्रो आफ्नै ताल, भेष र भाषाको !
फरिया- चोली, दौरा र सुरुवाल, शीरफूल ढाकाको
नेपाली माया………………………..

केटा:
आफ्नो भाषा धर्मलाई भुलेर नभुल्नु !
पराई रीति रिवाजमा झुकेर नझुल्नु !!
नेपाली माया………………………..
केटी:
झझल्को आउने रन-बन, हिमाल र पाखाको !!
कोयली र नियाउली सल्लाले, सुसेली डाकेको
नेपाली माया……………………….

केटा:
ढकमक्क फुल्दा ती लालीगुराँस मन हुन्छ हरर र
बेली जुई चमेली बास छर्दथिन हरर र
केटी:
सिरसिरि चल्छ हावा त्यो देउराली पाखामा
सोधी रहेछ सल्लाले सुसेली भाकामा

दुवै:
नेपाली मायालाई भुलेर पनि
नभुल्नु मनको छाया लाई,,,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *