गीत
टङ्क आचार्य,
केन्टकी, अमेरिका
कस्तो भाग्य मेरो, साथ छुट्यो आदि बाटोमा
यस्तो पनि हुँदो रहेछ जिन्दगीको गोरेटोमा ।
कहाँ सोचें थिएँ यस्तो तिम्रो साथ हुन्छ भनी
एक पल तिमी नहुँदा, यो मन रुन्छ भनी ।
पल भरमा हाँसीखुसी, पल भर मै ठाक-ठुक
आज आएर गरी रा”छु दिन-रात थक थक ।
गल्ती नै थियो मेरो, सरी भने मेरी सानी
तिमी बिना अधुरो छ, मेरो हर साँझ बिहानी ।
ठुलो फुर्ती लाउँछौ रे “आए भनी फसाएर”
के नै पायौ तिमीले आज जोरी पारी हँसाएर ।
कति बुन्छ्यौ तानाबानी, किन गर्छ्यौ आनाकानी
तिमीलाई दु:ख छ रे भनी सुनिहाले मैले पनि ।
(फर्की आऊ मेरी सानी) x 2…………………..