गीत
टङ्क आचार्य
केन्टकी, अमेरिका
भूटानी हुँ भन्छौ तर भेष भाषा खै
एकोरिंदै खोजिरा’छ आज देश रोई
जल ढका र मानस हामीलाई सोधिरा’छन्
कुलागांग्री जुमोलरी हामीलाई खोजिरा’छन्
गानखार पियूनसुम मो छु पो छु नैन बिछ्याइरा’छन्
चुरे पाखा कान्ला कुन्ला आधा बृद्धा भा’छन्
बुढी आमा भन्ने गर्छिन्
ङालुङ सारछोक्पा यही नै छन्
ल्होछाम्पा मेरो बहादुर छोरो कैले फर्किन्छ
फर्क अब गाउँ घरको बाटो,
तिम्रै त हो यो तराईको फाटो !
बहादुर छोरो प्रदेश गएको,
धेरै भयो फर्केर नआएको !
भूटानी हुँ भन्छौ तर भेष भाषा खै
एकोरीदैं खोजी रा’छ आज देश रोई