गीत

टङ्क आचार्य
केन्टकी, अमेरिका

झुल्के घामको किरण सरी यो मनमा आउने तिमी
वसन्तको हरियाली बहार बनी छाउने तिमी

कृष्णको झैँ सुकाउरोमा वर्षा बनी आउने तिमी
जलिरहेको हृदयमा मलम पट्टी लाउने तिमी
झुल्के घामको किरण सरी यो मनमा आउने तिमी
वसन्तको रङ्गिन सरी फुल बनी फुल्ने तिमी

शरदको रमझम चाड पर्व बनी आउने तिमी
यो मनको देउसी भैलो दीपावली बनी छाउने तिमी
झुल्के घामको किरण सरी यो मनमा आउने तिमी
वसन्तको हरियाली बहार बनी छाउने तिमी

हेमन्तले जस्तो तिमीलाई जतन गरी राखे मैले
शिशिरको सिर्जनालाई सुन्दर फुल झैँ साँच्चै मैले
झुल्के घामको किरण सरी यो मनमा आउने तिमी
वसन्तको हरियालीमा बहार बनी छाउने तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *