गीत
टङ्क आचार्य
केन्टकी, अमेरिका
यति माया गर्न सकूँ, जुन कसैले गरिया छैन
यति खुसी भर्न सकूँ, जुन कसैले भरिया छैन
फूलै फूलले सजाउन सकूँ, जुन धर्तीमा फुलिया होइन
यस्तो संसार डुलाऊँ तिमीलाई, जो कसैले डुल्या छैन
सागर भन्दा गहिरो भनु, हिमाल भन्दा उच्च
किरण भन्दा तेज भनूँ , प्राण भन्दा बेस
सिसा जस्तो पारदर्शी, जल भन्दा सङ्लो
आँखामा बसाउन सकूँ, हृदयमा छुपाउन सकूँ
वसन्तको रङ्गी चङ्गी फूल झैँ फुलाउन सकूँ
लाग्छ आज तिम्रो नै दास बन्न सकूँ
तिमीले मैले फेरिरहने सास बन्न सकूँ
कति माया गर्छु तिमीलाई, कुनै यहाँ सीमा छैन
कसरी बुझाउनु आज, तिमीले कहिल्यै बुझ्ने होइन
यति खुसी दिन सकुँ , अरू कुनै चाहाना नहोश ,
यति धेरै हाँसो भर्न पाउ जो रुने कुनै बहाना नहोस्
यति माया गर्न सकूँ, जुन कसैले गरिया छैन
फूलै फूलले सजाउन सकूँ, जो धर्तीमा फुल्या होइन