गीत

खेम रिजाल
ओहायो, अमेरिका

समीपैमा आउँछौ
मिठा मिठा कुरा गर्छौ
थाहा छैन मलाई
माया या घृणा गर्छौ ।

तिम्रो बारे केही लेखूँ
कता कता मन डराउँछ
चुपचाप मौन रहूँ भने
भित्र भित्रै सलबलाउँछ ।
आखिर यो माया के हो
मलाई बुझाई देऊ
सक्छौ भने मेरो वेगलाई
एक फेर सम्हाली देऊ ।

फेरि कहिले याद बनेर
पलपल मलाई सताउँछ
भन के छ त्यो मनमा
किन यसरी भरभराउँछ ।

समर्पण गर्नु नै पर्छ भने
मलाई सम्झाई देऊ
मिल्छ भने मेरो चाहलाई
अब त अँगाली देऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *