गीत

त्रिबिक्रम अधिकारी 
केन्टुकी, अमेरिका

खै के बाँकी रह्यो र प्रभु
तिम्रै आसमा बाँचेको थिए।
जीवन-मृत्यु बुझ्दा-बुझ्दै
कहिले रोए अनि हाँसेको थिए ।
खै के बाँकी रह्यो र प्रभु ….

विश्वास नै पलायन हुने
डर मान्दै पुकारेको थिए ।
कलिको प्रभाव बढेको बेला
भक्ति भजन गाएको थिए ।
खै के बाँकी रह्यो र प्रभु…..

प्रभु भक्तिमा तन मन रहोस्
भन्दै सबैलाई सुनाएको थिए ।
कृष्ण राम योगेश्वर सबै
नामहरू गुनगुनाएको थिए ।
खै के बाँकी रह्यो र प्रभु…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *