गीत

गीतकार

कुमार मिश्र
न्यूयोर्क, अमेरिका

तिमी देउता मानी ढुङ्गालाई पुज्छौ
यहाँ कयौँ पेटहरू भोको छन्
भगवानलाई भन्दै तिमी दूध चडाउछौ ।

आफ्नै आत्मा मानव दानव भगवान हो
मोठ मन्दिर चैत्य गुम्बा भूलभुलैया हो
यहाँ कैयौँ शरीरहरू नाङ्गो छन्
मूर्तीलाई तिमी सधैँ टालो ओडाउछौ ।

लोभी आँखाको पापी मन देख्छ हिरा मोती
भन्दैन कसैले माहान छ लाज ढाक्ने धोती
यहाँ कति जीवनहरू अंगभंग छन्
हात जोडी झुकेर तिमी दीर्घायु माग्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *