गीत

गीतकार
गीतकार

आर. बि. खड्का
ओहायो, अमेरिका

 

मलाई  नर्क  मिलोस  या  त  स्वर्ग नै जाऊँ
इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ ।

फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं
सबैले  हिँड्न  सक्ने  बाटो  म  खन्न     सकौं ।
दुखेका   मुटुहरुमा   मलम   बनि  म  छाऊँ
इच्छा  यही  छ  बाँचुञ्जेल सहयोग गर्न पाऊँ ।

अँध्यारा   बस्तिहरूमा  उज्यालो  छर्न सकौं
सबैका  मुहारमा   मुस्कान  म  भर्न   सकौं ।
वसुधैव कुटुम्बकम्  सबैले   मिली  गाऊँ
इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *