ग्रह गोचरको प्रभाव – निति कथा

इन्द्र प्रकाश खबास 
अमेरिका
   हेर भाइ बैनीहरू हो तपाई हामी सबै जनाको जीवनमा लागु हुने ग्रह गोचरको रोचक विषय बस्तुको केही कुरा भन्छु । हुन त यो विषय बस्तु तपाई हामीमा सर्वविदित नै छ । ध्यान दिएर सुन्नु होला है त । धेरै वर्ष अगाडिको कुरा हो ,एका देशमा एक जना राजाले राजा गर्दथिए ,त्यो राजामा कुनै पनि  जनताहरूमा कमी कमजोरी अपुग र असुविधा थिएनन् । त्यो देशका राजा विक्रम अदिति शक्तिशाली र प्रतापी आध्यात्मिक बादी राजा थिए । रानी सुलोचना सुशील सत्य सावित्री पति व्रत थिइन ।
  विधिको विडम्बना भनौँ या भाविक लेखान्त , उनीहरूको एउटा सन्तान पनि थिएन । लामो समयसम्म दान धर्म तीर्थ बर्त विभिन्न पूजा पाठ गर्दा–गर्दा एक शत्तीशाली र प्रतापी बसन्धारा चक्र वीर राज कुमारको जन्म भयो । यसरी नै राजकुमारको बाल्यकाल शिक्षा ,दीक्षा अस्त्र,शस्त्र  सिक्दा सिक्तै बित्यो । यसरी समयले मेटो मार्दै ल्यायो, लाउने देशका राजाको सुपुत्री राजकुमारी मधुमालती नामकी कन्यासँग बसन्धार चक्र वीरको वैवाहिक बन्धनमा दुवै बाँधीए ।
  यसरी बिक्रमअदीतिया र रानी सुलोचना दुवैको देहान्त पछि राजकुमार बसन्धरा चक्रबीरले राजा अभिभार समाल्न थाले । आफ्ना साथी धोबिपत्र जाउलेलाई  राज्यको सेना पतीको दर्जा दिए । यसरी दिन प्रतिदिन समय  बित्दै गयो । राजा र धोबी पुत्र जाउले सेना पती दुवैको जङ्गलमा सिकार खेल्ने क्रम जारी थियो ।
  आज फेरी रानी मधुमालती सवारी भई बक्सिँदै हुनुन्थ्यो । धोबी पुत्र सेनापति जाउलेको नजर रानी मधुमालती माथि परो । सेनापतिले रानीमा गिद्धे नजर लगाएर राजा मासेर आफू राजा भएर रानी मधुमालतीसँग मनोरञ्जन गर्ने सोच बनायो । यसै गरी सधैँ झैँ आज पनि धोबी पुत्र जाउले सिकार खेल्न जाने योजना बनाएर राजालाई सिकार खेल्न जानु आग्रह गरो । राजाले राज गुरुलाई साइत हेर्न लगाए । राजगुरुले राजलाई भने महाराज अहिले एक घन्ट सम्म शनि ग्रहको अशुभ छ । आज सिकार नगइबक्सिएको राम्रो हुन्छ ।
  सेनापति जाउले भनो,आयुको छोरालाई वायुले खाँदैन । हामीले आजको जमानामा रूढिवादी कुरा गरेर समयलाई नष्ट गर्नु राम्रो हुँदैन । जाऊ एकै छिनमा आई हालिन्छ नि । यतीकैमा दुवै जना सिकार खेल्न लागे केही पर पुगे पछि बाटोमा धोबी पुत्र जाउले सेनापतिले राजालाई भन्नो । महराज म एउटा बिन्ती बिराउने अनुमति चाहन्छु । राजले भन्नु भयो भन के हो ? “सेनापतिले भनो हजुरको मैले सबै रूप देखे तर एउटा सुगाको रूप देखेको छैन । हजुरको सुगाको रूप पनि देख्न पाए म धन्य हुने थिए ।
  राजाले तुरुन्त आफ्नो रूप त्यागेर सुगा भई दिए । सेनापति जाउले आफ्नो रूप त्यागेर राजाको शरीरमा प्रवेश गरो र आफ्नो घोडा मारेर राजाको घोडामा चढेर जाउले सेनापति राज दरबारमा  फर्कियो । राजा सुगाको रूप भएर जाउले सेनापतिलाई हेरी रहेको थिए । राजाले आफ्नो रूप त्याग्ने र अर्को जुनीमा रूप बदल्ने सम्पूर्ण ज्ञान पहिले नै धोबी पुत्र जाउलेलाई सिकाइ सकेको थियो ।
 राजाले धोबीको यस्तो व्यापार देखेर उति बेला नै धोबीलाई मार्न सक्ने थिए तर राजामा कलङ्क लाग्ने डरले धोबीलाई राजाले छाडी दिए । भोलि राजामा काने खुसी हुन थाल्छ । राजा र मन्त्री सिकार खेल्न भनेर बन गएको थिए । राजा मात्रै राज दरावार फर्की बक्सियो तर धोबी फर्किएन ? राजाले धोबीलाई मारेर फ्याके  की ? यस्तो शङ्का उपशङ्काबाट बच्न राजा सुगा भएर नै आफ्नै राज्यको एउटा गाउँमा गएर बास बसे ।
  त्यो गाउँमा एक जना वृद्ध ब्रह्ममान र ब्रह्रमनी निसन्तान भएको थिए । राजा बाहिर रुखमा बसेर आमा बाबा ए आमा बाबा भन्दै बोलाउन  थाले। ती दुवै दम्पती घर बाहिर निस्किएर चारै तिर हेरे । रुखमा एउटा सुगा देखे र तिमीले बोलाएको हो ? सुगाले भन्यो हो आमा । ती दुवै दम्पती छक्क परे ।
  कति राम्रो सुगा भगवान्ले हाम्रो छोरा बनाएर पठाई दिनु भए छ । भन्दै सुगालाई बोलाएर घर भित्र लगे । ती दुई दम्पतीलाई यिनी हाम्रो देशको राजा हो भन्ने यहाँ छैन । यस्तो रितले राजा त्यो गाउँमा बास बस्न थाले । यता धोबी राज दरबारमा पुग्यो । रानीले देखिन । बनमा जाँदा दुई जना गएको आउँदा एक जना किन ? रानीलाई शङ्ख भयो ।
  यसरी रानीले तुरुन्त पाले,प्रजालाई बोलाएर आदेश दिन । पाले प्रजाहरूले सबै तीर उर्दी जारी गरे । महारानी मधुमालती दुवार उर्दी जारी गर्ने आदेश दिइबक्सियो । आजको दिन देखी छ महिना सम्म महारानीको मन  व्रत पवास राखिएकोले राजा लगायत सम्पूर्ण राजा भारदारहरूलाई महारानीको दरबारमा प्रवेश निश्चित गरिएको छ । र जानी–जानी जो कोहीले रानीको दरबारमा प्रवेश गरेमा फासीको सझाई दिइने छ ।
   यसरी नै एउटा गाउँबाट दुरान फिराउन भनी विवाह दम्पती त्यही अशुभ समयमा घरबाट लागे बाटोमा जाँदै थिए । श्रीमानलाई बाटोमा जाँदै गर्दा दिसा लाग्यो । श्रीमतीलाई भनेर श्रीमतीले देख्ने गरी खोलाको किनारमा दिसा गर्न  बस्यो । हेर्दा हेर्दै कुनै एक जना नौलो पुरुषले आफ्नी श्रीमतीलाई हातमा समाएर लिएर हिँड्यो । ती दुला पनि दिसा नगरी आफ्नी श्रीमतीलाई बोलाउँदै पछि–पछि दगुर्दै गए ।
  यसरी लाजै बेगर मेरी श्रीमती लिएर कहाँ हिँडेको नि ? त्यो पुरुष भन्छ यिनी मेरी श्रीमती हो । तिम्रो कहाँ हो । उ भन्छ मेरी, उ भन्छ मेरी, ती दुवैको हानथाप हुँदै गयो । दुलही एक न दुई केही भन्न सक्तिन । ती दुवै युवाहरूको अनुहार जीउलाल उस्तै–उस्तो देखिन्थिए । र उनीलाई ठिम्याउन गाह्रो भयो ।
  अब यो मुद्दा पञ्चायत ,अदालत  हुँदै राज दरबारमा पुग्यो । यसै गरी रानीले त्यो मुद्दालाई धोबी पुत्र जाउले महाराजको दरबारमा पठाई दिइन । यदि यो मुद्दा फसेला भयो भने । महाराज होइबक्सिन्छ । होइन भने धोबी पुत्र जाउले । महारानीको यो नै प्रतिक्ष्याको घडी थियो । त्यो मुद्दालाई राजाले न्याय दिन नसकेर रानीको दरबारमा फर्कियो ।
  रानीले आफ्नै राज्यको एउटा गाउँमा एउटा सुगाले जति कठिनाइ मुद्दा भए पनि सरल र सहज प्रकारले सबैको मन बुझ्ने गरी न्याय दिँदै आएको कुरा रानीले सुन्दै आएकी थिइन राजा सुगा भएर त्यो गाउँमा पुग्नु भएको रहेछ । भने रानीलाई यहाँ भयो । यसरी नै रानीले आफ्ना पाले पर्जाहरुलाई भनेर त्यो मध्दा सुगा भएकोमा पठाई दिनु रानीले भनेकी थिन सुगाले यो मुद्दा मिलाई सके पछि सुगाको बा आमालाई भनेर सुगालाई पनि गोपीयता रूपमा दरबारमा लिएर आउनु भनी आदेश थियो । त्यसै गरी बादी प्रतिवादी र पालेपर्जाहरुसंग सुगा बसेको घरमा पुगेर । बाबा हजुरको घरमा एउटा सुग छ रे त्यो सुगले जस्तो पनि मुद्दाहरू सरल र सहज प्रकारले फसेला दिन्छन् रे । हामीले पनि एउटा मुद्दा लिएर आएकाछौँ ।
  त्यसो भन्दा नभन्दै सुगाले ए त्यो म मिलाई दिन्छु नि भन्दै सुगा घर भित्रबाट बाहिर आयो । र सुगाले सोध्यो कुरा के हो रे ? यिनी मेरी श्रीमती हुन । आज मैले इनलाई दुरन फर्काउन भनी बाटोमा लिएर आउदैथिए मलाई दिशा लागो , म खोलाको किनारमा दिशा गर्न बसे एकासी यी मान्छेले मेरी श्रीमतीको हात समातेर लिएर आयो । त्यसैले म भन्छु मेरी श्रीमती , उनी भन्छन् मेरी । यो हाम्रो समस्याको समाधान कसै गर्दा पनि हुन सकेन र यो समस्याको समाधान हजुरद्वारा हुन्छ भन्ने आशामा छु । बिहाते पुरुषले भन्यो ।
  सुगाले केही नबोली बुबा ऊ त्यो मेवाको डाँक्लो काटेर लिएर आउनु होस्न , बुवाले मेवाको डाँक्लो काटेर ल्याई दिए , फेरी सुगाले भन्यो , त्यो मेवाको डाँक्लो दुवै पट्टी काटी दिनुहोस् । बुवाले मेवाको डाँक्लो दुवै पट्टी काटी दिनु भयो । सुगाले भन्यो दुवै बादी प्रतिवादीलाई मेवाको डाँक्लो देखाउँदै यो मेवाको डाँक्लाको पुवाल देखेऊ ? दुवैले देखिऊ भन्ने । सुगाले बुवालाई भन्यो , त्यो मेवाको डाँक्लोलाई सिधा र बलियो गरेर समाती दिनु होला । त्यसरी नै सुगाले फेरी भन्यो । अब यो मेवाको डाँकलाको पुवालबाट जो यताबाट छिरेर उता , उताबाट छिरेर यता तिन खेप गर्न सक्छ त्यसैको श्रीमती हुन्छे । को सक्छ ? भन्दा त्यो नौलो पुरुषले म सक्छु भन्यो । अब बिहाते श्रीमानलाई म छिरन सक्दिन उसैले श्रीमतीलाई लाने भयो भने धेरै पिर परो पर्‍यो ।
  त्यसरी नै सुगाले त्यो नौलो पुरुषलाई भन्यो अब तिमी आएर छिर । नभन्दै त्यो नौलो पुरुष मेवाको डाँक्लोबाट यताबाट उता, उताबाट यता दुइै खेप गरे तिन खेपको पालोमा सुगाले भन्यो बुवा यो यताको पुवाललाई तपाईँको हत्केलाले बन्द गरी दिनु होस् , त्यसै गरी बुवाले बन्द गरी दिए ।
  यसरी त्यो दोस्रो नौलो पुरुष त्यो मेवाको पुवाल भित्र नै हरायो । सुगाले भन्यो यो शनीग्रहको अशुभ प्रभावले गर्दा तिमीहरूलाई दुःख दिएको रहेछ । अब तिमीहरू आफ्नो घर जान सक्छौ । तिमीहरूको मुद्दा मिल्यो । यसरी सुगाले मुद्दा मिलाई दिए । रानीले भने झैँ त्यसै गरी पालेहरूले काम कुरा गरे ।
  सुगा अनि बाबु आमालाई पनि रानीको दरबारमा लिएर गए । रानीले यहाँ पाउने बित्तिकै सुगालाई लिएर आउन सक्ने थिइन तर राजामा कलङ्क लाग्ने डरले समयको प्रतीक्षा गर्नु परेको थियो । अब राजा सुगाको रूपमा दरबारमा आई पुगे र रानीलाई भन्न लगाए की आज देखि मेरो उपबास मन बर्त सकियो । राजदरबार लगाहित सम्पूर्ण देश बासी जन्ताहरुलाई यो मन बर्त उपबासको प्रसादी लिन निम्तो  गर्दछु ।
  यसमा विशेष राजालाई अग्रीम निमन्त्रणा । यसै गरी पालेहरूले रानीले भने जस्ताको तस्तै उर्दी जारी गरे । राजा धोबी पुत्र सेनापति जाउले हर्षले गद–गद हुँदै रानीको दरबारमा पुग्यो । सुगाले जसो भनेको थियो रानीले त्यसै गरिन । रानीले राजालाई ढोग गरेर बिन्ती बिसाईन् । महाराज हजुरले सम्पूर्ण जीव जनुवारको रुपबद्लिबक्सिनु हुन्छ । आज म हजुरलाई एउटा बिन्ती बिसाउँछु । नाई नभनी बक्सिवास है ।
  त्यस्तो के होला नि ? म छदैछुनी । महाराज हजुरको सम्पूर्ण रूप धारण हेरेर म सन्तुष्टि छु । आज एकै छिन गधाको रूप धारण गरेर यो एरीयमा कराउँदै तिन खेप परिक्रमन गरेको हेर्न सारै ठुलो धोखा थियो । यती गरी बक्सिएमा मेरो मनको इछा पुरा हुने थियो । रानीको यती कुरा सुनेपछि राजले राजाको शरीर त्याग गरेर गधाको रूप धारण गरो र गधा जस्तै कराउँदै एरीया वारीपरी धुम्म थाल्यो ।
  यो सुनौलो मौकालाई नगुमाई सुगाले सुगाको रूप त्यागेर आफ्नो राजाको रूपमा प्रवेश गरेर राजाले भन्दै थिए । यो गधा बौलाए छ । कराउँदै कुद्दै छ । यसलाई मार्ने बेला भयो । नभन्दै गधा कराउँदै राजाको छेउमा आई पुग्यो यही बेला राजाले तरबार निकालेर गधालाई चर्लीय्मै काटेर मारेर पालेहरूलाई फाल्न लगाए ।
   यदि धोबी पुत्र सेनापति जाउलेलाई मार्न राजा जति खेर सुगा भए,  त्यति खेर राजा भएर सेनापतिलाई मार्न सक्थिए । तर भोलि गएर देश बासी प्रजाहरूले  के भन्छन् । राजाले सेनापतिलाई मारे भन्ने जीवन भर कलङ्क र अपबात लाग्ने भएकोले सेनापति जाउलेलाई गधा बनाएर गधा कराउँदै चारैतिर कुदेकोले राजाले गधालाई कटेर मारे । यदि सेनापतिले रानी माथि गिद्धे नजर नलगाएको भए यो दशा हुनेथिएन् ।
  जस्तो कर्म उस्तै फल, भने झैँ, कर्म अनुसारको फल सेनापतिले पाए । देश र जनताको राजा नहुनु भए पछि यस्तो हुनु पर्छ । आफ्नो देशको जस्तो सुक्कै समस्या किन नहोस् अरू राष्ट्रले त के आफ्नै देश बासी जनताले पनि थाहा नपाई राजामा आई परेको आपत्कालीन समस्याको समाधान गर्नु नै बुद्धिमानी ठहर्नु हो ।
  नानी हो ! यसरी नै रानीको मन व्रत उपवास पनि आज सकियो । हामीहरूले पनि धर्म,कर्म ग्रह,गोचर आदि कुराहरूमा ध्यान पुर्‍याउनु  पर्ने हुन्छ । भने हाम्रो मान्यता हो । पुरियाउनु पर्ने या नपर्ने निर्णय तपाईँहरूको आफ्नै हातमा छ । एउटा सानो गल्गीले गर्दा ठुलो सजाय भोग्नु पर्ने हुन्छ । यसरी नै देश बासी जन्ताहरु मन बर्त उपवासको प्रशादी लिएर आ–आफ्नो घर फर्किँदै थिए । आज देखी राजा र रानीको पनि साँढेसात्ती शनीग्रह मुक्त भएर फेरी राज्य अभिभारा समाल्दै थिए !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *