घाँटीको घाऊ
खड्ग बहादुर काफ्ले
ओहायो अमेरीका
यो जन्म भरी तपस्या गरी, प्रारब्ध भोग्दैछु।
घाँटीको घाउ आएछ राहु, त्यसैलाई स्वीकार्छु ॥१॥
हे प्रभु ! त्यसैलाई स्वीकार्छु
कोही जन्म अघि कोही प्राणीमाथि,गरेको फल होकि।
त्यही कर्मलाई भोगाउँन भनी ,राहु बनी आयो कि ॥२॥
हे प्रभु ! राहु बनी आयो कि
केही चीज खाँदा खस खस गर्यो, घाँटीको बीचमा।
तीन चार महीना बितेर गयो, कसैले जानेन ॥३॥
हे प्रभु ! कसैले जानेन
चार महीना पछि गलामा एउटा, फोका पो, देखियो।
त्यही फोकालाई देखाउँने हुँदा, अस्पताल बसियो ॥४॥
हे प्रभु ! अस्पताल बसियो
खानकोलागि नाकबाट पाएप, एक हप्ता लगायो।
यसले राम्रो भएन भनी, पेटैमा ट्युब गाड़्यो ॥५॥
हे प्रभु ! पेटैमा ट्युब गाड़्यो
किल्किले नेर खोलेर त्यहाँ, एउटा पाएप राखियो।
हर्दम खोकी लागेको बेला, त्यहाँबाट निस्कियो ॥६॥
हे प्रभु ! त्यहाँबाट निस्कियो
सुरारे एउटा आवश्यक पर्यो, हेर्चाहा खातिर।
आमा र छोरी कुरुवा बसे, काम छोड़े आखिर ॥७॥
हे प्रभु ! काम छोड़े आखिर
पासपोर्ट गर्ने डाक्टर आई, हेरेर गई मलाई सोधििन।
दुई दिन पछि जवाब पठाई, सुसारे पाउँदैन ॥८॥
हे प्रभु ! सुसारे पाउँदैन
कर्मको फल भोग्नुनै पर्छ, छल् गरी छल्दैन।
पिड़ाको ज्वाला दन्कन्छ भित्र, बाहिर त बल्दैन ॥९॥
हे प्रभु ! बाहिर त बल्दैन
घाम र छायाँ जीन्दगी हाम्रो, ठेगाना केही छैन।
आउँनु छ खाली जानु छ खाली, लानु त केही छैन ॥१०॥
हे प्रभु ! लानु त केही छैन
कोपिला पनि फक्रेए पछि, भुइँमा नै झर्दछ।
नाश्वान चोला जन्मिए पछि, मर्नु नै पर्दछ ॥११॥
हे प्रभु ! मर्नु नै पर्दछ
कहिलेको गर्मी कहिलेको जाड़ो, बिमारी ब्यक्तिलाई।
सहजको समय रैनछ कमाई, यो जिन्दगानीमा ॥१२॥
हे प्रभु ! यो जिन्दगानीमा
बिमारी हुनु सबैलै पर्छ, धेर थोर जति हो।
घाँटीको घाउ निहु मात्र मेरो, सम्पूर्ण इज्जत गो ॥१३॥
हे प्रभु ! सम्पूर्ण इज्जत गो
दु:ख र कष्ट दाहा र पिड़ा, यही शरीर भोग्दैछ।
चौरासी लाख जन्मको बेथा, यहीं अहिले बेहोर्छ ॥१४॥
हे प्रभु ! यहीं अहिले बेहोर्छ
कति हो कति एकै र चोटी, शारीरिक पिडा भो।
शरीर भरी सुईले घोची, सही न सक्नु भो ॥१५॥
हे प्रभु ! सही न सक्नु भो
यो चेतन चोला अन्तिम होला, पुनर जन्मलाई।
लिनु र दिनु न रहोस अब, छैन है इच्छा केही ॥१६॥
हे प्रभु ! छैन है इच्छा केही
गरेको कर्म संचित हुन्छ, पुनासकोलागि उहाँ।
सोही कर्महरु भाग्य भो मेरो, सौलियत मान्छु यहाँ ॥१७॥
हे प्रभु ! सौलियत मान्छु यहाँ
राहुले आज गाँजेर ल्यायो, किल्किले समाई।
निंन्द्रामा पनि दिएन धर, ऐठन गराई ॥१८॥
हे प्रभु ! ऐठन गराई।
आखिरी एक दिन यसको पालो, निश्चित पुग्छ नै।
प्रारब्ध मैले भोग गरी सकी, स्वतन्ल्र पाउँछु नै ॥१९॥
हे प्रभु ! स्वतन्त्र पाउँछु नै।
दुई बर्षदेखि दाऊ हेर्दो रैछ, यो पापी राहुले।
खाएको मौका हानेछ चौका, चतुरो हुनाले ॥२०॥
हे प्रभु !चतुरो हुनाले
प्रारब्ध मैले भोग्नु नै थियो, खेचरी खोलियो।
खानामा पसी प्रवेश गऱ्यो, साह्रै नै सर्कियो ॥२१॥
हे प्रभु ! साह्रै नै सर्कियो
त्यस दिनदेखि रोगले गाँज्यो, खानलाई भएन।
सुमिरण ध्यान गरेता पनि, केही शीप लागेन ॥२२॥
हे प्रभु ! केही शीप लागेन