चरी फर्कि आऊ
भानु ढुंगाना
क्यानाडा
छ मेरो गुनासो चरी चिर्विराऊ
झुली आँकुरामा नयाँ गीत गाऊ
मुना पालुवामा यहाँ प्रेमलाई
चरा दिव्य वाणी सुनाऊन आई ।।
शुसेला चलाई नयाँ क्रान्ति देऊ
परेका विलासी फिराएर लेऊ
हिँडाऊ अगाडी वगैँचा छ छेऊ
यहाँ रम्नलाई खुसी खोजि देऊ।।
नयाँ वर्ष छाँया मुना मित्र बोल
बसी कुञ्ज घारी अरू भाब खोल
लु आऊ चरी हो चरी चिर्विराऊ
भरी अंकुरामा सुवास्ना फिराऊ।
लतावृक्ष घारीसँगै जाग जाग
चरी दिव्य वाणी सँगै लाग लाग
गुनासो छ मेरो चरी चिर्विराऊ
जलेवा मलेवा सबै फिर्विराऊ।
छन्द भुजङ्गप्रयात