चित्र

कवि
कवि

पुजन राई
ओहायो, अमेरिका

 

ऊ बेला
परीक्षामा
पाँच मार्कका लागि
एउटा सफा
कागजमा
कोरेको
मेरो देशको नक्सा
आहा!
कस्तो मेहेनत,
कहिले
छुखातिरको
भूभाग मिल्दैन थियो।मेटायो,
फेरि कोर्‍यो
कहिले गेलेफू
कहिले पारो…
..अन्ततः बन्थ्यो
एउटा सिड्गो देश,
मेरो देश ।

आज
पश्चात्ताप,
यहाँ निर लाग्छ
कि !
ऊ बेला
म “म” नै
नअटाउने
एउटा देशको
कति साँगुरो
चित्र
कोरिरहेको
रहेछु..!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *