चिहान
कमल बजगाई
अस्ट्रेलिया
म छक्क पर्छु अनि अच्चम्मित पनि छु
कतै अस्ताएका सुर्य नउदाउने हुन् कि भनेर
म विचार गर्छु आफैँ लोलाएको जस्तो हुन्छ
फेरि झसङ्ग हुन्छु ,प्रकृतिको नियन त अटल रहन्छ।
अनि बल्ल होस् खुल्छ म त कतै
क्षितिज पारी अल्मलिरको पाउँछु
यता उता छामछुम गर्दा आफ्नो काहीँ नपाए पछि
म छट्पटिएको छु ,हराएको छु
अनि पो इतिहासले बेलाबेलै सरापेको भान हुन्छ।
अतित सम्झन्छु वर्तमानसंग दाज्छु
आकाश पातालको फरक पाउँछु
पुर्खाले के भन्दै होलान् ?
संगै जस्तो पनि लाग्छ
तर के गर्ने बाध्यता र विवशताले पछ्याएपछि
गर्भ तुहाउन आमा पनि त विवश हुनुपर्दो रहेछ
त्यसैले होला
म त केवल पतीत पुत्र भएर
चिहानको खोजीमा पो भौँतारिएको रहेछु
गल्ति त मबाट पक्कै भयो
किनकि
त्यो स्वविमानी चिहान अपनाउन
दश धारा दूधको मूल्य चुकाउन
र काखको पहिचान पनि ता गुमाएछु।
आखिर यो सब किन ?
केवल चिहानको खोजी गर्न
जीवनको अन्तिम बिसर्जन गर्ने
चिहानको निर्माण गर्न
केवल चिहान अपनाउन ।
good poem keep posting…..
good poem with the great words…