चुनाव आयो

ईन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

चुनाव आयो जनता सबै तान–तान भयो
नेता सबै चुच्चो मुचो, जनता हाना–हान भयो ।

देश डुब्यो हिलोमा सबै जनता बर्बाद भयो
“रको” अर्थ थाहा छैन अन्जानैमा नेता भयो ।

कस्तो रहेछ भाग्य सबैको, देशको किनारा भयो
रात दिन भोकै तिर्खै, पागल सरी कुद्ने भयो ।

राष्ट्र के हो राष्ट्रियता किन यस्तो भयो
देश पस्यो गोजीमा, राता–रात माला–माल भयो ।

यता गल्ती सबैको भयो अन्जानैमा कुद्ने भयो
गोरु कुदो गाईको सुरमा, बाछो घरको न घाटको भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *