चौबन्दीमा अल्झेको छ!

इन्द्र प्रकाश खवास
अमेरिका

गोरेटोमा हिँड्दै जाँदा गोरेटो नै मेटिन्छ कि
बिन्द्र बनमा बनकी रानी वनदेवी भेटिन्छ कि।

चोखो माया चोट पर्दा छिया–छिया बल्झेको,
हेर्दा–हेर्दै तिम्रो माया चौबन्दीमा अल्झेको छ।

साँचो माया जीवन भरी साचेकोछु रोकिन्छ कि,
बिर्सिएर बाटो अन्तै जाँदा पराईसँग ठोकिन्छ कि।

माया प्रेम गाँस्दै जाँदा कन्दरामा छोपिन्छ कि,
सुन,चाँदी तुलनामा मायासँग जोखिन्छ कि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *