छताछुल्ल अनुभूतिका रापहरू
विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल
लुगा लगाएर पनि नाङ्गै छ मन
सास फेरेर पनि मरेतुल्य छ झन
हरेक मान्छेमा वैभवको बासना
दुर्गन्धित हुँस्सेझैँ
उच्छवास छ
जीवन शून्य, निःसार र अर्थहीन परिधिको
यात्रामा भासिएको छ
नियतिका सारा दृश्यलाई
आँखाले टोक्न मन लाग्छ
हृदयहीन भूमिमा रोपिएका मानिसहरू
चेतनाशून्य मनका भीडमा दौडिरहेका
अनन्त यात्रामा गतिहीन पाइलाले
फोरेर पर्खाल मनको झम्पलले
कालो घाममा लुगलुग काम्दै
चारैतिर बुख्याँचाको ताती
पारिलो घामको अन्धकारमा
भुटेर हाँडीमा, दुष्कर्म
घाइते मन निद्रामा बोराभित्रबाट
देखिन्छन् आँखाभरि पसिनाहरू
हरेकदिन भौतारिन्छ सडकमा
अस्तित्व रोप्न शून्य हाँगामा
फेरि सङ्घर्षको मैदानमा
दिशाहीन उचाइमा सोपान गर्न
लम्किरहेछ जिन्दगी ।
Bishnu Pokharel Jii,
Let me take this time to say “Your creation touched my heart and made me ponder for long”
In many lines you have penned my true sentiment. Thank you very much I salute ur creation.
I am a regular reader of this site and this site has won the literary mind of readers like me do
keep writing and serving by pouring elixir from your part.
Sacramento, USA