छन्द कविताको कार्यक्रम “छन्दालंकार” प्रसारणमा आउने

यही जुलाई २० बाट एउटा नयाँ साहित्यिक कार्यक्रमको प्रसारण सुरु हुने भएको छ।  “छन्दालंकार” नाम दिइएको उक्त टेलिभिजन कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्द कविता र गजल समावेश गरिने कुरा कार्यक्रममाका संयोजक कवि पुरानाघरेद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख गरिएको छ। Bhutaneseliterature.com ले प्राप्त गरेको उक्त विज्ञप्ति जस्ताको तस्तै तल राखिएको छ।

       प्रेष विज्ञप्ति
!!! नेपाली भाषाका छन्दकविहरूलार्इ खुसीको खबर !!!

निकट भविष्यमा नेपाली भाषामा लेखिएका छन्द कविताको स्वतन्त्र प्रस्तुती पाक्षिक टेलीभिजन कार्यक्रम “छन्दालंकार” प्रस्तुतीमा आउन लागेको जानकारी गराइन्छ । प्रत्येक दुर्इ सातामा एक चोटी प्रस्तुत गरिने उक्त कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्दोबद्ध कविताहरू साथै छन्दमा लेखिएका नेपाली गजलहरूलार्इ प्रस्तुत गरिने योजना रहेको जानकारी गराइन्छ ।
अमेरिकामा रहेका नेपाली भाषी भूटानी केही युवाहरूले सञ्चालनमा ल्याउन लागेको यो कार्यक्रममा संसार भरका नेपाली भाषाका छन्द कविहरूले भाग लिन सक्ने छन । अहिलेलार्इ स्वतन्त्र रूपमा सञ्चालन हुन लागेको उक्त कार्यक्रम साहित्य परिषद भूटान सक्रिय भए पछि यस अन्तर्गत सञ्चालन गरिने योजना रहेको पनि जानकारी गराइन्छ । यदी साहित्य परिषद भूटान मर्यो भने यसको विकल्पमा सक्रियरहेका मध्ये कुनै एक संस्था अन्तर्गत सञ्चालनमा रहने छ । त्यस किसिमको कुनै संस्था फेला नपरे स्वतन्त्र रूपमा सञ्चालन गरिने व्यहोरा पनि जानकारी गराइन्छ ।
कार्यक्रमको सार रूप
कार्यक्रमको नामः “छन्दालंकार”
शुरू हुने मितिः जुलार्इ २०, २०१४
प्रस्तुत हुने समयः पाक्षकि कार्यक्रम, महिनामा दुर्इचोटी प्रषारण गरिने ।
कार्यक्रम सम्पादकः कवि मणिराम धिमाल
प्रविधि सम्योजकः कलाकार केदार उप्रेती युके
कार्यक्रम प्रस्तोताः कवि दुर्गा आचार्य र कवि नेत्र आचार्य
कार्यक्रम सम्योजकः कवि पुरानाघरे

कविता पठाउन अनुरोधः

यो कार्यक्रम नेपाली जनमानसमा विश्वभरि ज्यादै लोकप्रिय रहेको छन्द कवितालार्इ विकास, प्रवर्धन, र विश्विकरण गर्ने प्रमुख लक्ष सहित सञ्चालनमा आउन लागेको पनि जानकारी गराइन्छ । नेपाली साहित्यमा विश्वभरीबाट छन्दकवितालार्इ स्वतन्त्ररूपमा उठाउने कार्यक्रम भएको हुनाले छन्दमा नेपाली कविता लेख्नु हुने विश्वभरिका कवि, कवियत्री तथा गजलकारहरूलार्इ छन्दमा लेखिएका आफ्ना कविता तथा गजलहरू प्रषारणका निम्ति सम्प्रेषण गर्न अनुरोध छ ।
सामाग्री पठाउँदा ध्यान दिनु पर्ने कुराहरूः

क. यस कार्यक्रममा प्रषारण गर्न पठाइने कविता तथा गजलहरू छन्दमा लेखिएको हुनु पर्ने छ, अन्यथा कार्यक्रममा प्रषारण गरिने छैन ।
ख. रचनाकारले आफुद्वारा नेपाली भाषामा रचना गरिएको सामाग्रीमात्र पठाउन पाइने छ ।
ग. रचनाकारले आफ्नो आवाजमा छन्द कविता वा छन्द गजल रेकर्ड गराएर पठाउन पनि पाइने छ ।
घ. रेकर्ड गराएर पठाइएका रचानाहरूको स्तर, संरचना, शुत्र, भावहरूको जाँचका निम्ति रेकर्डसँग लिखित प्रतिलिपि पनि पठाउनु पर्ने छ ।
ङ. अन्य स्रष्टाका रचनाहरू आफ्नो नाममा पठाउन पाइने छैन ।
च. रचनामा कसैलार्इ व्यक्तिगत अाक्षेप लगाएइएको पाइएमा प्रषारण गरिने छैन । व्यंग्य, स्वास्थ्य आलोचना र समाज चित्रण गरिएका रचनालार्इ भने सहर्ष प्रषारण गरिने छ ।

छ. अन्य स्रष्टाहरूका सामग्री सुन्न मन लागेमा अनुरोध गरी पठाउन सकिने छ तर सामाग्री प्रषारणको निर्णय सम्योजन समितिले स्वतन्त्र गर्ने छ ।
ज. रचनाकारले आफ्नो चिनारी, ठेगाना र साहित्यिक सक्रियताका विषयमा संक्षिप्त जानकारी रचनासँगै पठाउन अनुरोध छ तर पठाउनै पर्छ भन्ने छैन ।
झ. रचना पठाउँदा रचना गरिएको छन्द आदि आफुलार्इ लागेका अभिमतहरूलार्इ पनि लेखी पठाउन अनुरोध छ तर पठाउँनै पर्छ भन्ने छैन ।
कविता पठाउने ठेगानाः chandaalankar@gmail.com

भवदीय,
पुरानाघरे
कार्यक्रम संयोजक
कार्यक्रम छन्दालंकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *