जङ्गली नानी

श्यामप्रसाद खनाल / कानसास, अमेरिका

घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली।
ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥

क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी।
मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा भनी॥२॥

कत्ति ज्यान गुमाइ धर्ति तजिए विर्सिन्न आमा भनी।
कत्ति ज्यान वचाउँ छन्ति पर भर्पाए र आशा मुनी॥३॥

पूकार्दै दिन रात छाडि निद भोक्कुन्दिन्पुगौँ घर्भनी।
पर्देसी जनको सहाय छिन भर्वाँचौँ कती दिन्भनी॥४॥

रुन्छन्जङ्गल वीच वालकहरू चिन्नू नजान्नूसरी।
हेर्छन्क्वै गगनै पुगी कति विलाप्जुन्वायु यानै भरी॥५॥

पुग्दा त्यो वन भित्र कोहि जनले हेर्दा कुनै कालमा।
वन्वासी नर झैँ पुकार सुनियो आलपका तानमा॥६॥

यस्तो अद्भुत कार्य सत्य नबुझी को बाँचला मूर्ख भै।
सोधी लक्ष बुझौँ र मानव भ​ए घर्मा पुगाऔँ अवै॥७॥

मान्छे ह्वैन पिसाचको स्वर भ​ए उद्धार थालौँ सवै।
भन्दै छन्परदेसि कोहि वटुवा विवेकका पात्र भै॥८॥

शान्ती वन्विच रुछ मानव भने केहो कसो वेपता।
छान्नै पर्छ विजोग हुन्न परनू यी जङ्गली नानिता॥९॥

वच्चा क्वै जनका छुटेकि अथवा क्वै दैत्यका खेलमा।
पासामा ति परी रुँदै छन बरू क्वै ऐनका नेलमा॥१०॥

भन्छन्लौ वटुवा विचार गरँदै आमा र बाबू यहाँ।
आइ झट्ट सह्यार यो वखतमा रुन्छन्सिशू शोकमा॥११॥

आमा आफ़्नु समान हुन्न परकी दयाकि रनी पनि।
यो जानी कन खोज है नरपते! भू रा र ग्यानी बनी॥१२॥

(शार्दूलविक्रिडित छन्द)

अप्रिल १४-२०११

One Reply to “जङ्गली नानी”

  1. Mani

    कविता राम्रो भय पनि छन्दमा थुप्रै छन्द भङ्ग भयको छ है

Leave a Reply

Your email address will not be published. Required fields are marked *