जिन्दगी र कर्म

मधु घिमिरे
वस्टर,मासाचुसेट्स

सुख दुख रवि छॉंया जिन्दगीमा चुनौती
कठिन समय आए हुन्न हार्नू कदापि
जब जब पसिनाले शक्ति सामर्थ्य दिन्छ
अझ अझ अघि बढ्ने जोश उत्साह मिल्छ १

कुसुम पनि मजाले फुल्छ कॉंडा बिचैमा
रण पनि जितिने भो शक्ति इच्छा भएमा
सकल भुवन हॉंक्ने हो इरादा महान
हिमगिरि चुचुरा हुन् प्रेरणाका मुहान २

सहजपन सधैं नैं हुन्छ भन्ने हुँदैन
दृढ वह सपनाले वेदना ल्याउँदैन
मधु वचन सबैमा बोल्न सक्ने कलाको
सब तिर दुनियॉंमा हुन्छ चर्चा मजाको ३

समय नियति जालो रोक्न कोही नसक्ने
प्रकृति गति नियाल्दा ज्ञान सम्पूर्ण मिल्ने
शुभ कदम चलाई बढ्न सक्दा अगाडि
विकट विफल बाटा पर्न थाल्छन् पछाडि ४

छन्द-मालिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *