जीवनको पहेली

कवि

डा० लक्ष्मीनारायाण ढकाल
केन्टकी, अमेरिका

भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर….
अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर !
आफूसँग लड्न जति गाह्रो छ, आफूलाई हराउन त्यति नै साह्रो छ
अरूलाई जिताएर त हेर आफू हार्न कति गाह्रो छ I
जुन दिन जितायौ अरूलाई त्यस दिन तिमी जित्ने छौँ
जुन दिन हरायौ आफूलाई त्यसदिन उसलाई तिमी जित्नेछौ
हार र जित खेलमा झैँ कहाँ हो र जीवन !
यहाँ त हारेर जितिन्छ अनि जितेर हारिन्छ I
अरूको परिश्रम र उन्नतिमा जब खुसाउँछौं तिमी
तब तिमी सुखी बन्ने छौँ, जब दुख्छौ अरूको उन्नतिमा
तब तिमी दुख्ने छौ, अनि बिस्तारै तिमी सुक्नेछौँ,
जब दुख्नेछौ अरूको दुखमा तिमी
अरूको सुखमा रमाउनेछौँ,
जब रमाउने छौँ अरूको दुखमा तिमी
यथार्थमा तिमी तब दुख्नेछौँ,
यो दुख र सुख त ‘पहेली हो जीवनको’ I
धीर पुरुष दुख्दैन आपत्तिमा न मात्तिन्छ उ सम्पत्तिमा
सुख होस् या दुख, जय होस् या पराजय
उ आफ्नो कर्मयोगमा निरन्तर आस्थावान हुँदै
गतिमान हुन्छ, संसार जित्नलाईI

हारेर जिताउनलाई अनि जितेर हराउनलाई
त्यसैले उ कालजयी बन्छ, उ सुखी र शान्त बन्छ,
यो जीवन नै हारेर जित्ने अनि जितेर हार्ने रहेछ I
त्यसैले तिमि हार,बार बार हार जित्नलाई
किनकि यो जीवन हार र जितको एक पहेली रहेछ
न बुझी झरिजाने एक फक्रिएको फूल झैँ रहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *