टेक्सासमा बृहत् साहित्य गोष्ठी सम्पन्न

कार्यक्रममा उपस्थित सहभागीहरु
कार्यक्रममा उपस्थित सहभागीहरु

गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ ।

विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा भूटानी नेपाली साहित्य र समाज तथा स्वीकारोक्ति सिद्धान्तबारे छलफल भएको थियो ।

आयोजकका अनुसार कार्यक्रम भूटनीज लेगसी युवा क्लबका उपाध्यक्ष ए. के. राना साम्पाङको सभापतित्व र अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासका अध्यक्ष वासु शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा लीलाधर अधिकारी ‘पातलो अन्तरे’को ‘अन्तरे’ गजल सङ्ग्रहको लोकार्पण गरिएको थियो । उक्त सभामा चर्चित नेपाली कवि तथा गीतकार विप्लब प्रतीक, विश्व भूटानी साहित्य सङ्गठनका अध्यक्ष डेन्जोम साम्पाङ र प्रवक्ता कर्ण गुरुङ ‘हेरण’ को विशेष आतिथ्य रहेको थियो।

आयोजकका अनुसार अमेरिकाको विभिन्न ठाउँबाट कार्यक्रममा आइपुगेका भूटानी तथा नेपाली साहित्यकारहरुको साहित्यिक कोसेलीले कार्यक्रमलाई रोञ्चक बनाइको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *