ठुला ज्वाइँ !

भानु ढुङ्गाना
क्यानाडा
भन्न सक्तिन बिचरा
  हुर्किँदै गएकी छोरीलाई
    फुर्किँदै गएका ज्वाइँलाई
    के गरौँ भयो आज मलाई ।।
बारीका पाटामा भैँसी पसेको छ
खेतका गरामा घोडा बसेको छ
भन्दै कराउँदै कुदेका दिन गए हजुर बा भएका दिन।
ठुला ज्वाइँ !
हाम्रा कान्छा ज्वाइँ के भएका ?
फूलमा कठ्यौरी घुमे झैँ घुम्दा त अथवै देखिन्थे
जब भमरा फर्सीको झाङमा आयो
तब किन कान्छा ज्वाइँ बारुलो जस्तै देखिन्छन् ?
एक पटक सम्झाई दिनु न ठुला ज्वाइँ ।
सासूका अगाडि किन
दुधमानेका पातहरू हल्लिन्छन्!
पोहोरको माघ गयो अब
लौन भन्दिनु न ठुला ज्वाइँ
साउने झरीका झ्याउँकिरी
किन भए हाम्रा कान्छा ज्वाइँ।
हुँदैन आमा बच्छिउँ घुम्छ
व्यार्थै किन हिलो तान्ने ?
ठुला ज्वाइँ यति पनि मान्दिनु भएन है !
हुन्छ ज्वाइँ,
 अब तपाई पनि हार्नुभएछ
कान्छा ज्वाइँले जसरी
स्यालको पुच्छर पैँचो पार्नुभएछ ।
ज्वाइँ आए कि जुवाडे आए,
ठुला ज्वाइँ मैले भन्नु के छ अब!

Leave a Reply

Your email address will not be published. Required fields are marked *