ठूलो दशैं

श्याम खानेल
ओहायो, अमेरिका

तिम्रैदास, विरिञ्चि, बिष्णु, शिवजी जस्को खटन्मा रही ।
गर्छन्पालन, सृस्टि, नाश सब यो शक्ती प्रभूकै रही ।।
यस्ती श्री जगदम्विका जननीको सम्झी पुकारा गरी ।
मनका आश पुरा हऊन दिन-दिन् सन्मित्र साथै रही ।।१।।

शक्ति अट्टल भै दिने वर दिऊन् देवी महाकालिले ।
भण्डारै भरिपूर्णको सुख भरून् ऐश्वोर्य लक्ष्मीजिले ।।
सद्ज्ञानी-गुण, बुद्धिको सुख दिऊन् ! श्री सारदा देविले ।
कामै क्रोध र शत्रु ध्वस्त गरनिन् दुर्गा भवानीजिले ।।२।।

भन्दै आशिश साथ मागि वर्दान् मिल्ला भनी चित्तले ।
अर्काको उपकार नित्य भरहोस् ! मन्बाँधियोस् भक्ति ।।
आफ्ना ईष्ट र मित्र, बन्धु र समाजैको त खातिरमा ।
यो मेरो शुभकामना छ सबमा “ठूलो दशैंको” महा ।।३।।
यो मेरो शुभकामना छ सबमा “ठूलो दशैंको” महा ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *