डनको स्वाङ

भानु ढुङ्गाना
क्यानडा

”छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ
उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ”

कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै !
“बा ! अबदेखि म लामा हुँ है। यो गाउँको स्कुले वा खेतालो नभनुन् कसैले पनि। अँचिला काट्न र आली लाउन भनी नबोलाउन् कसैले पनि। छुट्टीमा घर आउँदा खोरिया फाँड्न, मालिङगा तान्न नबोलाउन् कसैले पनि। यो कुरा जानुन् सबैले अनि। अहिले म ग्यालोङ छु । तर, म छिटै लामा हुँदैछु अनि !
आजको गल्ती नदोहोरियोस फेरि चैँ। अरू बेला ठिकै छ । तर, अब यहाँ केही दिनपछि लाक्पा दोर्जी जोङदाका साथमा लामाहरू आउँदा म पनि सँगै हुन्छु। हो त्यति बेला मलाई पनि काम्ने थाप्से गरेर; मलाई, कुचुजाङपोला गर्नु है बा !”
छोरा……. को कुरा सुनेर ….बराल बुढा ! एक भन्नु न दुई भन्नु भए !

बरालको कान्छा छोरा ….. सन् १९८४/८५ तिरको कुरा हुनु पर्छ, नेपाली भए पनि बुद्धिष्ट ग्यालोङ लामामा गएका थिए। एक दुई वर्ष कति पढे। एक दिन त्यो प्राङगडमा गाउँलेको त्यो स्कुलमा ४० जना जति लामाहरूको साथमा डासो सोनाम डेण्डुपको आगमनको बेला थियो। सय छ कोरी जति गाउँलेहरू र दुई सय जति विद्यार्थीहरूको जन भेलामा छोराले एक्कासि निकै जनाले सुन्ने गरी त्यसो भनेपछि लज्जित भएका बा …बराल फेरि चैँ छोरोको उपस्थिति हुने कुनै पनि मिटिङतिर वा वार्षिक परीक्षाफल वितरण सभातिर निस्किएको त्यसपछि देखिएन। छोरो घरमा आउँदा बाबुलाई के गरौँ कसो गरौँ जस्तो हुन्थ्यो ती सुन्ने गाउँलेहरू आउँदा।

बाले लगायत अरू गाउँलेहरूले काम्ने थाप्से गरेर कुचुजाङपोला अरूलाई मात्र भने /गरे भनेर उनले घुमाउरो पारामा गाउँलेहरूलाई आफूतिर झुकाव देखाउन बालाई थर्काएथे! लामा हुने उत्सुकका ग्यालोङले। दोस्रो सवार हुने भविष्यमा डासो जोङदासँग आउने थुप्रै जनलहरमा मेरो पनि सम्मान वा इज्जत राखिएको हुनै पर्छ भनी डनको स्वाङ देखाएका बराल ग्यालोङलाई केही वर्ष नबित्दै लामा हुन नदिने मात्र हैन देशैबाट उठिबास लगाएर हरकत टुङग्याइएको थियो।
सोही परि, समाजमा असामाजिक क्रियाकलाप, असोभनिय काम गरी छवि गुमाएका उनीहरूलाई नयाँ ठाउँमा कतै कुनै अवसर मिल्यो। ऊ को हो भन्दा पनि कति काम गर्न सक्छ यति भए अपरिचित वा काम दिने मालिकले त उसको काम लिनु छ। तर ऊ अरूको भन्दा आफ्नू क्षमता बढी राम्रो भएर पाएँ भन्छ। अब ऊ भने उसले ओइलाएको रायोमा हल्का पानीले सित्याउँदा देखिएको राग, तेज हरियो झैँ देखाएको देखिन्छ। यो डनहरूको पालो रहेछ। सत्य र परोपकारी मनले आज गुमनाम बस्नुको विकल्प नभएको अवस्था रहेछ। गौ प्राणीहरू आज अवहेलनामा परेछन्। हिंश्रक जनावरहरूको घेरामा मौनताको निर्विकल्प चुपचाप निजी जिजीविषामा आफैभित्र केही खोजी रहने समयको उपभोग गर्दै डनको जालबाट टाढा रहेका छन्।

उस्ताको तुजुक साधारणको भन्दा अलग हुन्छ। स्वाङ भिन्नै हुन्छ। तड्क भड्क नौटंकीय हुन्छ। नमच्चिने पिङको सय झड्का भने जस्तै उसको हौस्याइ, फलफुल बिनाको रूख टुनि वा छत्तिउनको जस्तै हुन्छ। उसलाई आफूले धेरै जितेको भान हुन्छ। मूर्खका अगाडी शान्तहरू, सचेतहरू सतर्क रहेका बेला उसले ठिक पार्न सकेको जस्तै छेउ छेउमा आएर आफूलाई ठुलो जिम्मेवरिको हाकिम झैँ बोध गराउन खोज्नु उसको हरकत छ! मौनतालाई मूर्ख्याईको चुनौतीले ठुला ठुला मानिसहरूसित गफ दिए जस्तो, आफू निकैको सहयोगी जस्तो गरी हुङ्कार दिँदै फोनमा अन्तर संवाद गरी दिन्छ। हैकम बजार्दै हुन्छ। उसको तामझामले आफूलाई ठुलो हाकिम बनाएको हुन्छ।
वास्तवमा उसको असली परिचय कस्तो होला ? पाट्नरलाई नबुझेर बुझ्नु पर्ने त सचेतसित हो । बुझ्नु पर्छ। छवि कस्तो छ समाजमा उसको? कस्तो परिवेश र कस्तो रहन सहन, चालचलनबाट देखिएको हो ?
काखी च्याप्नेहरूको उद्देश्य के हो ? आज आफूले चारो हालेका कागले भोलि आफैलाई विष्ट्याउँछ भन्ने बुझ्नु अति जरुर देखिन्छ ।
र हिजोको कस्तो मान्छे हो उ ? अनि आज पनि उसलाई कस्तो गरी कसरी खेलाइँदै छ ? स्वार्थ के को प्रयोजन हो ?
उस्ताहरूको समूह कति नै लामो टिक्छ र ? जानेकै त होनी । अनि पनि उस्तालाई साथ दिने /लिनेको पनि स्वाभिमान कस्तो होला ?
हत्या हिंसा, काट मार, चोरी लुटाइ, आग्जनि जस्ता कृयाक्लापमा संलग्न भएको मानसिकताले सज्जन र सचेत प्रति हेरिने घृणाको दृष्टिले अझपनि बढ्न नसकेको समाजको अवस्थालाई मध्य नजर गरी केही पाउन केही गुमाउनु आजको आवस्यक्तालाई महसुस गरी बुद्धि लगाएको गहन्तालाई स्विकार्नु परेको अवस्थामा मूर्ख आफ्नू विजय देख्छ !
मूर्खको मूर्खतालाई छोडेर सचेत सज्जन हुनु भनेकै सचेतहरूकै अपेक्षा नै हो। उसलाई समाजका सचेत ब्यातित्वहरू चाहन्छन् उसले राम्रो जागिर खाओस् । जिम्मेवरि बहन गरोस्। पारिवारिक बनोस्। यसो हुनुले समाजकै राम्रो हुन्छ र उसको पनि भविष्य हेरौँ लाग्दो बन्ने भन्ने नै हो। तर अरूलाई उक्साएर फसाउने अनि आफू चैँ पानी माथिको ओभानो हुने प्रवृत्तिलाई पनि त्यागेकै हुनु पर्छ। यसो भए मात्र सबैको महत्त्व हुन जाइन्छ। अरूले उचालेर हुत्त्याएको कुरालाई बुझेर आफू ठिक हुनलाई आत्मा आलोचित हुनु नै दुखेको मनलाई राहत दिनु र आफूलाई पनि सही ठाउँमा उभ्याउने प्रयत्न सफल हो। अझै पनि शुभकामना छ कि, दिन प्रतिदिन असल बन्दै गरेकै राम्रो हो। तर, नपाउनेले केरा पायो बोक्रो लापलुप खायो नदेखाउनु। दृष्टिकोण बदले बद्लन्छ जीवन। तिम्रो छद्म चरित्र नबदलेसम्म तिमी काग नै रहन्छौ। प्रयोग बन्ने हैन। योग बनेर सभ्यतालाई पडेर अघि बढ, शुभलाभ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *