डा. ढकालको संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म” लोकार्पण हुँदै
भूटानको संक्षिप्त इतिहास,शरणार्थी जीवन र पुनर्वासको कथालाई समेटेर साहित्य परिषद्,भूटानले भर्खरै प्रकाशन गरेको संस्मरणात्मक कृति “वास देखि पुनर्वाससम्म” अमेरिकाको कोलम्बसमा विमोचित हुँदै छ I कृतिका लेखक अमेरिकामा पुनर्वास भएका भूटानी लेखक डा.लक्ष्मीनारायण ढकाल हुन् I
साहित्य परिषद्,भूटानले आगामी मार्च २२ का दिन परिषद्को २७ औँ स्थापना दिवसका अवसर बनाएर उक्त कृतिको लोकार्पण गर्ने जानकारी गराएको छ I कार्यक्रममा खुला कविता वाचन र भाषा शिक्षण गर्दै आएका स्वयंसेवक शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ I परिषद्ले निमन्त्रणा पत्र जारी गरेर कार्यक्रममा उपस्थित हुन हार्दिक आह्वान गरेको छ I