डा. भम्पालाई श्रद्धाञ्जली 

ईश्वर ढकाल 
अमेरिका

त्यो हिमाली देशको काखमा

सयौँ वर्ष सम्म हिउँ नपर्ने गाउँमा
अकस्मात् सेताम्मे हिउँ परेको मुहूर्तमा
तिमीले जन्म लिएछौ

नामकरण नै त्यसै अनुरूप भएछ
जस्तो नाम उस्तै हराभरा व्यवहार
सच्चिनै त्यो सेताम्मे हिमाल झैँ
अट्टल तिम्रो बिचार

स्व. डा. भम्पा तिमीलाई श्रद्धाञ्जली

लोछम्पानै भनिएता पनि
उस बेलामै पढिगुनी डाक्टर बन्न सफल
डाक्टर पनि रोयल परिवारको
आज सम्झँदा
यो निरङ्कुशताको औषधि तिमीले गरेछौ
यस्तो देश विहीन बनाउने
उस बेला थाहा भएको भए
सायद क्रूर शल्यक्रिया गर्न पछि पर्ने थिएनौ होला

स्व. डा. भम्पा तिमीलाई श्रद्धाञ्जली

तिमी त एक सच्चा
‘सुम्निमा-पारूहाङ्’का अनुयहि
श्रीकृष्ण र शिवका अनुयायी
जीसस् र अल्लाका अनुयायी
तिमी सच्चा मानव जातीकै
उत्कृष्ट उदाहरणीय नक्षत्र भएर बाँच्यौ
आज यस्ता नक्षत्र
जो गरिब दुखीहरूको
निको हुने र कहिल्यै निको नहुने घाउमा
मलम पट्टी लाउँदा-लाउँदै
दीर्घकालीन स्वदेश फिर्तीको
मुद्दालाई आफ्नै थाप्लोमा
नाम्लो लाउँदा-लाउँदै
गरिब दुखी नेपालीहरूको
साथलाई सधैँकालागि एक्लाएर
तिम्रो अस्त भयो
यस खबरले संसार भरि
छरपस्ट भुटानी नेपालीहरूको
हृदय भक्कानिएको छ

स्व. डाक्टर भम्पा तिमीलाई श्रद्धाञ्जली

मी त एक भुटानी क्रान्तिकै
दर्बिलो स्तम्भ थियौ
मातृ भूमि प्रतिको तिम्रो माया
आज यी बिदेसिएका मनहरूले
कसरी विश्लेषण गर्न सक्छ र
तिम्रो आमा प्रतिको ममता
साँच्चिकै अगम्य, अतुलनीय
यस्तोकी, लत्त्याएर जा भन्दा सम्म
आफ्नो चौकुने आँगनको
एक अँजुली मट्टिलाई नबिर्सने
पोक्काएर तिसौँ वर्ष सम्म
आफ्नो बाकसमा राख्न सफल

आफ्नो मानो उठेको समयमा
छातीमा आमाको मट्टी थाम्न सफल
एक सफल मातृभूमि प्रेमी

स्व. डा. भम्पा तिमीलाई श्रद्धाञ्जली

मातृभूमिको वियोग सँगै
आफ्नो मात्रीवात्सल्यको
घाँटी निचोर्दिएको
आभास गर्ने तिमी थियौ
एक कर्मठ योद्धा
एक असल नेता
सबै नेपाली जातीको
हृदयमा बिराज मान्
भगवान् रुपी, जीवन दाता

स्व. डा. भम्पा तिमीलाई श्रद्धाञ्जली ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *