डिभोर्स

पुरानाघरे/ अमेरिका

एक अर्कोचोटी
अनिश्चितता समातेर
गन्तव्य बदल्नु पर्ने भयो
तीनसय वर्ष अगाडि
जाबो भुँडी पाल्न नसकेर
हजुर बा नेपालबाट
भूटानतिर विलासिएको सम्झदैथें
श्रीमतीजी लजाउँदै पसिन्-
लौन प्रिय! सम्भोग गरौं
मलाई चाँडो गान्धी जन्माउनु छ
बाध्यताबस् भन्नु पर्‍यो
माफ गर प्रिय!
मलाई मार्क्स जन्माउनु छ

धेरै गहिरो गरी आकाश धुम्मियो
यसरी धेरै दिनहरु बिते
मेरो ल्यावटपको वालपेपरमा
रगतका खोलाहरु छन् आजभोलि
एक साँझ म
तेस्रो विश्व युद्धका झलकहरु
डाउनलोड गर्दैथें
श्रीमतीजी पसिन फेरि
मलिन मुस्कान सर्माउँदै
डाउनलोड रिफ्रेस गरेर भनिन्
प्रिय! आउनुहोस, सम्भोग गरौं
मलाई चाँडो बुद्ध जन्माउनु छ
मैले वालपेपर नियालें
डाउनलोड सर्वेक्षण गरेर भनें
माफ् गर, प्रिय!
मलाई हिटलर जन्माउनु छ

ठूलो झोंक रिसाइन्
पुलुक्क हेर्दै निस्किन्

आज कलिलो घाम
वादलका चट्टानबाट ओर्लँदैछ
मैले ल्यावटपमा वालपेपर बदलेको छु
मरुभूमिमा मृत्युहरु
विजयभोजमा व्यस्त छन्
तेस्रो विश्व युद्धको डाउनलोड
कम्प्लीट हुन लागेको थियो
एक्कासी फोन आयो, उठाएँ

‘तपाईंको विपक्षमा पेसीका छ
अदालतमा हाँजीर हुनु पर्‍यो’

धेरै बेरको बहसपछि
वकीलले उर्दी गरिन्
श्रीमतीसित मञ्जुर नभए
डिभोर्स सम्झौतामा
साइन गर्नुहोस् महासय!
बाध्यता थियो गर्नु पर्‍यो
डिभोर्समा हस्ताक्षर गरेर भनें
माफी पाउँ, महासाय!
मलाई आइन्सटाइन जन्माउनु छ ।।

2 Replies to “डिभोर्स”

  1. Pardeshitara

    I was like omg ‘divorce’ by Puranaghare in the beginning. Revised double two times and was like may be ‘by force’. Again attempted go through for the last and was like ‘ wow, he is the man’.
    I enjoyed reading your article. Wish to see some more…

Leave a Reply

Your email address will not be published. Required fields are marked *