तांका
Nepali, तांका
अर्जुन प्रधान / मिनिसोटा, अमेरिका
जिन्दगानीको
आरोह अवरोह
यथार्थता हो
शुर र ताल बीच
सफलताको यात्रा !
तितो याद छ,
सम्झानाको कुरा
सोच विचार
भावनामा बगेर
कति दिन बस्नु म ?
पारिजातको
सुगन्धित फूलमा
रस सुवाश
मेटाउने भाग्यमा
लेखेरै आउने छ !
You might also like
Tags: Arjun Pradhan Bhutanese Literature