ताकिन ९०

भानु ढुङ्गाना
क्यानाडा

गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू
मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू।
जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू
बाटैमा सपना छुटे तर यहाँ गर्दै छु फेर्दै अरू।।

लालीचाँप गुराँसका वदनका भञ्ज्याङ डाँफेचरा
पाएँ ज्ञानकला अतृप्त कविता लालीगुराँशे धरा।
छायाँ ताकिनका छ भित्र कविता उत्सर्ग खोज्दै छ यो
माटो जीवन हो भनेर कविता संसार बोल्दै छ यो।।

गौरी गौरबका प्रदिप्त सपना पर्दा तुँवाला मनि
लेखेछन् कविता त्यसै बदनमा छायाँ परेता पनि।
कुर्सिङ्लो सरिको भएर कविले राखे हिमालीधरा
गौरीशंकरका हिमाल कविता छन् पालुवा आँकुरा।।

खुम्लेजात किरो बनेर कविता बन्दैन मैनाचरी
डाँडामा शशिकान्ति भो तर यहाँ आएन बस्तीभरी।
के खोजौँ अब यो बिशाल जगमा टेकेर माटो यहाँ
गौरीशंकरका प्रकाश कविता खोजौँ अगाडी त्यहाँ ।।

-शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *