तिमीले दिएको रुमाल
खै, कता खस्यो कता
तिमीले दिएको रुमाल– “मायाको चिनो है”, भनेर
कैले गोजीमा राखेँ
कैले बाकसमा राखेँ
कैले व्यागमा राखेँ
जतन गरेरै राख्थेँ
विदाका बेला तिमी रोएको आँसु
त्यै रुमालमा त संचित गरेर राखेको थिएँ
कुन मोडमा बेहोसिएर हराँएछु
शहर तिमीले पठाएकी मलाई–
धेरै पढ्नु , जागिर खानु
अनि मलाई लिन आउनु है भनेर
सल्लेरीको एकान्तमा एक्लै डुल्दा
कति हे–यौ होली क्षितिजका बादलमा
कतै मेरो राज घोडा चडी आयो कि भनेर
पारि डाँडाका डिलै डिल उभिएका रुखहरु
जन्ति देख्यौ होली
तर आगनिमा कैले आइपुगेन डोली लिएर
वासन्तीयाम
डाँडा उक्लेर बोलायौ होली
अन्जुली भरिभरि ऐँसेलु टिपेर
केशमा लालीगुँरास, बुकी सिउरीएर
प्रतिउत्तरमा केवल आफ्नै आवाजमात्र
प्रतिध्वनित भएको सुन्दा विरक्तिएर
भुइँमा छरिदियौ होली अन्जुलीका ऐँसेलु
चित्त दुखाएर- टप्प आँसु खसाएर जंगली पातमा
खै, कता खस्यो कता
तिमीले दिएको रुमाल–“मायाको चिनो है”, भनेर
सहर !
तिमीले भनेजस्तो
मैले ठाने जस्तो कहाँ रहेछ र–“सानी”!
नयाँ परिचय खोज्नेहरु कैयौं
भएका परिचय गुमाएर बसेका छन्
सडकका पिँडीमा अढेसिएर
लत्रिएका आँखा धुलोले पुरेर
मैले त्यही नियति खेपेँ–“सानी †”
सहरले मलाई त्यसै ग-यो
उसको घडीको काँटामा झुन्ड्याएर
घुमाई राख्यो, घुमाइ राख्यो
दिगभ्रममित घुमिरहेँ म
निरिह कैदी
खै, कता खस्यो कता
तिमीले दिएको रुमाल–“मायाको चिनो है”, भनेर
(२०६५/०८/०३)
धरान
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट
Its great job. I do appreciate it. I have a comment that it need some spelling correction regarding the nepali poem.
Sanchaman ji , kavita chhain ali besancho lagyo .Precious for the ones who are away from their land/home. When I went through your poem , it had me remember a Hindi gazal:
पत्थरकी खुदा पत्थरकी सनम पत्थरकी हि इन्सान पाए हें
तुम सहेर मुहबत कहेते हो हम जान बचाकर आए हें
हम सोच रहे हें मुद्दतसे अब उम्र गुजारें भी तो कहाँ
सहेरो मे खुशी कि फूल नही सहेरो मे गमोके साए हें
तुम सहेर मुहबत कहेते हो हम जान बाचाकर आए हें