तिमीले नि लेखे हुन्छ
बिहानै उठ्छु कम्प्युटर खोल्छु
अफलाइनभरी शुभकामना
लेखकको कतै नामै छैन
कस्तो यो पाइरेटको जवाना !
लेख्छौ भने आफैँ लेख
होइन भने चुप लाग
किन चूँड्छौ अर्काको भावना
अनि पठाउछौ शुभकामना ?
तिमीले नि लेखे हुन्छ
कनि कुथी आफैँ आउँछ
जन्मदै कोही लेखक थिएनन्
तिनले अरुको जुठो पिएनन्।
कवितामै मिठो बास्ना हुन्छ
किन पठाउछौ कृतिम फूलरु
बाटो देखाउँदा रिसायौ भने
मेरो होइन, तिम्रै हुन्छ भूल्।
any way kabita ramro chha bartaman peristheetii lai ramro sanga kabi jeu le sametnu bhako chha. kabi jee lai badhai ra safalta ko kamana chha . aagami din ma pani kabita haru padna pauu hai ichha (sir) dada. dada bhaneko ma ta risani chaina hola ni hai,