तीन तांका, एक हाइकू

दुर्गा निरौला
न्यूयोर्क, अमेरिका

(१)

भत्केको अड्डा
देश भूष्को आगो भो
किन आत्तिने
माटो एकै हो भने !
जाहिं बसे निः के भो ?

(२)

अमेरिकामा
डलरको खेती छ
सोर्न आउने ?
आईओएम् धाऊ न
ठूलो मुख बाएर

(३)

भगवतीमा
भक्तहरूले आज
भाले चढाए…
परम्परा रे निः त !
धर्म गर्‍या रे छिः छिः

(१)

भूटानी साथी
झोली थापी रहने,
कि प्लेन चढ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *