तीन रुवाई

झागेन धिमाल /मेलबोर्न, अष्ट्रेलिया

नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही,
भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही |
बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा,
दुःखी जीवन सुनसानमा रातमा छैन कोही ||

सबै जनता दुःखी-सोझा, उता नेता ढाँट गर्छन्,
रगत बग्यो जनताको आफूमाथि ठाँट गर्छन् |
जनताको पसिना पिउँदै हालसम्म बाँचेका छन्
एउटा कुर्शी धेरै नेता, सबै चढ्न आँट गर्छन् ||

बधाई नदिउँ कसरी जो ढल्की सक्यो अर्कैसँग
चोखो मुटु टुक्राएर सल्की सक्यो अर्कैसँग ।
ब्येर्थै विश्वास गरेछु त्यो धोकेबाज निष्ठुरीलाई,
मायासँग त्यो पैसा साट्न पल्की सक्यो अर्कैसँग ||

2 Replies to “तीन रुवाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *