तीन हाइकू

डोना आचार्य / पेन्सिलभेनिया, अमेरिका

मेरो मनमा
पहिरो जाँदैमा -म
कसरी बगौँ ?

यौटै बाढीले
क्षति कति भो कति
म त बगिनँ !

भेल आएर
थोरै बगाउँदैमा
तातो न छारो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *