ती जोर आँखा
सी एम निरौला
अमेरिका
…त्यसपछि पुलुक्क हेरी उनले भनिन्,
“कसैलाई केही नभन्नु है
मेरा बारेमा,
म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा
म केवल अनुभूत गर्न सक्छु
कसैले केही भन्दा मलाई जस्तो हुन्छ
हजुरलाई पनि त्यस्तै हुँदो हो ।”
आज कसैकी भई सकेँ म ..
हजुर त झन् थाहै नपाई कसैको हुनुभएथ्यो
अब मन नदुखाउनु !
चित्त दुखाई एकान्तमा नहराउनु
अकस्मात् सपनीको भेट
अर्ति दिन आइपुगेका ती जोर आँखामा
लाग्छ मेरो धुमिल चित्र अझै सजिएको छ
सायद मेरै पर्खाइमा बसेका छन्
आजका दिनसम्म ..
आफ्नो हुन नपाई
कतै बिलाएका ती जोर आँखा