त्यहाँ खाल्टो छ !

कवि
कवि

पुष्प ढकाल (साङ्ग्केतिक )
साउथ डाकोटा, अमेरिका

 

मान्छेले भनेका थिए
त्यहाँ  खाल्टो छ भनेर,
नजानु थियो त्यहाँ !
अगाडि जानकारी दिएको हुन्छ,
बाटोको छेउमा प्लेकार्ड लेखेको छ,
प्लेकार्डमा खत्रा छ भनेर लेखेको छ,
त्यहाँ  नजानु, खत्रा छ,
परिन्छ खाल्टोमा ।

उ कुरा नबुझीकन गएछ त्यहाँ,
खाल्टो भएको ठाउँमा  पुगेछ,
भन्दा भन्दै खतरा मै परेछ ऊ
मान्छेले भनेका थिए नि
अगाडि  नै जानकारी गराएका थिए नि
त्यहाँ  खाल्टो छ भनेर
कुरा नबुझी खाल्टोमा  परेछ ऊ  ।

तर, म खाल्टोमा परेको ठिक हो
खाल्टोमा पर्छ जीवन
हामी किन चुप लागेका हौं केही नगरीकन
त्यहाँ  खाल्टो छ भनेर  किन डराउनु र हामी ?
खाल्टो परेपछि एउटा लक्ष्य बन्छ
विना लक्ष्य केही उन्नति  हुँदैन,
त्यसैले खाल्टोको सामना गर्नु छ यहाँ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *