त्याग

अबि बाबु अधिकारी
पेन्सिल्भिन्या, अमेरिका

के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर!
भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!!
ठूलो सानु कुनै रहेन मतलब जस्तै भए ता पनि!
चाहीयो अब ता मलाई कन त्यै प्रमुखको आसनि!!

फुटुन बन्दुहरु गरुन ति झगडा आपस माँहा तै पनि!
माथ्लो भाग मलाई पर्दछ भने सद्भाव चाईन्न नि!!
गाईका पिठमा भए पनि भयो माथी बसे पुग्छ है!
बाँकी बात सबै हुनन् पछि कतै को बोल्छ को सुन्छ है!!

ऊस्तै हो भनि काम धेनु सरि यो भैसी सिंगार्ने हरु!
तिम्रो ख़्याल पछि लिने छ ईतिहास् ऐले याहाँ के भंनौ!!
सिधालाई बटारी पारी गंगटो छेड्के कुदाँऊने हरु!
तिम्रो त्याग पछि म लेख्छु ईतिहास धेरै कुरा के गरुं!!

मातृ स्नेह लुटेर भर्छ डुकुटी जुन मुर्ख आँनन्दले!
भाई मारी कमाई सोर्छ सहजै पापीष्ट सामन्तले!!
आगो लाई जलाई भस्म अरुको घर बार गराई कन!
ठूलो कर्म गरें भनेर रहने कस्ता यी हुन सज्जन?!

सारा फुल झिली मिली वरीपरि राम्रो बगैचा माहाँ!
फुल्थे फुलहरु त्यहिँ थरि थरि सद्भाव बाटी जाहाँ!!
ब्वाँसो आज पसि बिंधम्स गरदै नासो बगैचा पनि!
निर्मल पोखरीमा लगाई कन विष हेरौं तमासा भनि!!

जस्तो कर्म गरो ऊ बन्छ ईतिहास् फर्केर हेर्ने गर!
लागेको अब प्रश्न चिह्न शिरमा मेटेर मेटिन्छ र?!
बाँच्ने कोहि हुँदैन यो जमिनमा युग्युग युगान्तर!
मात्रै यो ईतिहास् रहन्छ पछि त्यो साटेर साटिन्छर?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *