त्यो बेला

कान्ति भानु ढुंगाना- क्यानाडा

कवि
कवि

ब्याड बसेको बिशिस्ट बेला
आहा ! कति रमाइलो मेला
शिर उठाई भिर चड्दै गर्दा
आहा ! कति रमाइलो लहरा झेला
सुन्दर बगमा पन्छी मेला
आहा ! ब्याड बसेको बिशिस्ट बेला
उमंग लहरा दंग पहरा
पन्छी झुलेका हा ह़ा हु हु
आहा ! बगमा आज कस्तो बेला
हेर्न रमाइलो सुन्दर मेला
गुन्जय कान्ति लहरा पहरा
झर्ना सुकिला सुरिला धारा
आहा ! कति सुमग्न अमला चारा
नवरस चखिला चिचिला चारा पन्छी मिलेका वनमा सारा
आहा ! उमंग मंगल दिन !
अमला तिमिला चखिला माल
गंगातटमा पन्छी कमाल
हरिया वनमा लहरा घारी
पिपिरा बज्ने वारी पारी
कोकिल डाफे मुनाल बिहारी
झर्ना खोला पहरा चहारी
भमरा मौरी कान्छी जुहारी
आहा कति रमाइलो पन्छी विहारी
सुन्दर सान्त बिशाल छाती
कान्ति मिलेको भलिकै भाति
वसन्त कविता अनन्त मन
वनमा नाच्ने गोपाल छन
आहा !आहा !आहा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *