त्रिवेणीमा तिन पुस्ता

जे एन दाहाल
अमेरिका

म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै
खटिएका थिए आयोजक त्रिवेणी साहित्य मञ्चका मित्रहरू । कार्यक्रम सुरु भई हालेको थिएन, यद्यपि केही लेखकहरूको अघि नै उपस्थिति थियो ।
आयोजक टिमका साथीहरू कोही माइक्रोफोन मिलाई रहेका थिए, कोही आउने आगन्तुकको स्वागतमा खटिएका देखिन्थे ।

हरिहर धामको हलवेमा मेरो पहिलो जमघट उक्त संस्थाका अध्यक्ष केशव वैरागी माइलोसँग हुन्छ । नवीन नवीन भट्टराई, मधु घिमिरे , प्रेम घिमिरे
र अन्य केहीनयाँ अनुहारहरूसँग हात मिलाउने र परिचयको क्रम अघि बढ्छ ।

अघिका खाली कुर्सी देखी सोझै केही पर मञ्चतिर हेर्छु । बायाँतिरको भित्ता माथि ब्लोमिङ लोटस डान्स स्टुडियोको ब्यानर छ । त्यसकै छेउमा खडा छन् आदिकवि
भानुभक्त आचार्य र मोतीराम भट्टका ठुला ब्यानर स्टेण्डिङ पोजिसनमा ।बिचमा रातो कार्पेट ओछ्याइएको स्टेज र पछाडि त्रिवेणी साहित्यको ब्यानर छ । त्यसकै
नजिकै भित्तातिर छ कृति विमोचनसँग सम्बन्धित अर्को ब्यानर पनि।

मञ्चको बिच भाग टेबुलमा किताबको चाङ छ। ती किताब सुन्तोला रङको कपडाले ढाकेको छ । दायाँतिर सञ्चालक उभिने ठाउँमा देवकोटा मुस्कुराइ रहेका छन् ।
सन्दर्भ २१० औँ भानु जयन्ती हो त्यसैले म बिना निमन्त्रणा पुगेको छु कार्यक्रम स्थल । यहाँ औपचारिकता केही हो, औपचारिकता केही होइन पनि भन्ने लाग्छ पङ्तिकारलाई ।
सबैसँग आफ्ना हात आफैँमा सीमित राखी जोड्ने, या आवश्यकता अनुसार कतै हात मिलाउने अभिवादनको क्रम चल्छ ।

एकै छिनमा मान्छेहरूको बाक्लो उपस्थिति देखिन थाल्छ । खाली सिटहरू भरिन थाल्छन् । नानी बाबुहरू निलो, पहेँलो , सेतो आदी रङ्गिन पोसाकमा झुल्किन्छन् ।
तिनका अभिभावक आमा , हजुरआमा , बुवा, हजुर बुवा पनि आउँछन् । तेकण्डोको सेतो युनिफर्म लगाएको एउटा टिम खुररऽऽ अघि आउँछ, हेर्दा हेर्दै सभा हल भरिन्छ ।

केशव वैरागी माइलोको अध्यक्षतासँगै कार्यक्रम सुरुवात हुन्छ । त्यहाँ प्रस्तोता नारद सुदामा आचार्य ढाका टोपी, कालो अस्कोट र खौरो रङको दौरा सुरुवालमा देखिन्थे ।
उता अध्यक्ष वैरागी पनि नेपाली पोसाकमा चिटिक्क सजिएका थिए । कार्यक्रम औपचारिक रुपमा अघि बढ्छ ।

मुख्य अतिथि पर्शु दाहाल, तिलक निरौला , डा. नारद पोख्रेल मञ्चको बायाँतिरको बेन्च अघि बस्छन् । त्यो भिड त्यो उपस्थितिमा को कोआएका छन् आँखा घुमाउने
यही क्रममा मेरो ‘चौतारी’ हालै प्रकाशित एउटा हवाई पत्रीकाको संस्थापक भागवत बास्तोलासँग पनि भेट हुन्छ । केही बेरमा स्वतारा डिस्टिकको काउन्टी कमिसनर
क्रिस्टिन पनि आइ पुग्छिन् , उनलाई पनि अतिथिको रूपमा अघि राखिन्छ ।

सञ्चालकको नारद आचार्यको औपचारिक सम्बोधनसँगै चारै जना मुख्य अतिथि उठी आदिकवि भानुभक्त आचार्यको स्टेण्डीङ ब्यानरमा द्विप प्रज्वलन गर्छन् ।
दायाँतिर स्वस्ति वाचनका लागी यदुनाथ ढकाल ,धार्मिक पुजारीबाट उभिएका छन् ।

 

तस्विर श्रोतः जे एन दाहाल

ब्लोमीङ लोटस डान्स स्टिडीयोबाट चार जना बालबालिकाहरूको नृत्यबाट अघि बढ्छ कार्यक्रम । नेपाली ढाका टोपी , दौरा सुरुवाल , गुन्यु चोलीमा
कानमा झुम्का , गलामा माला लगाई उभिएका नानी बाबुहरूको उक्त नृत्यमा दर्शक तालीले स्वागत गर्छन् ।

” कान थापेर सुनिदेऊ दाजु
रीति थिति बिग्रेर गई सक्यो ! “

केही छिनमा स्वागत मन्तव्य त्रिवेणीका उपाध्यक्ष प्रेम घिमिरेको हुन्छ । घिमिरेले नेपाली र अङ्ग्रेजी दुवै भाषामा सबैलाई सम्बोधन गर्छन् ।दुई भाषामा उक्त सम्बोधन
सुन्दा त्यो आजको आवश्यकता जस्तो महसुस हुन्छ ।

त्यसपछि उठेर गण्डकी पुत्र आदिकवि भानुभक्त आचार्यको जिवनी प्रस्तुत गरी नेपाली भाषा सम्पर्कको भाषा भएकाले बर्मा, भुटान , आसाम र नेपाल हुँदैन संसारलाई
जोड्न भानुभक्त भाषिक एकताका प्रतीक रहेको विचार राख्छन् । ‘ भिडियो गरिदिनुहोस् ल ‘ भन्दै मलाई आफ्नो आइफोन पास गरी डा. नारद पोख्रेलले
“आखिर , यो सबै कस्का लागी गरे उनीहरूले ” शीर्षकको कविता सुनाउँछन् ।

नानीहरू बाबुहरू
रात ढली रहेको यति बेला
तिम्रो निदरीमा आउँदै होलान्
तारा बुट्टे सपनाहरू
तर एक छिन ननिदाऊ
म तिमीहरूलाई
आज एउटा कथा सुनाउँछु
र निदाउनु अघि एउटा गाउँ खाने कथा सोध्छु
उत्तर आएन भने
गाऊँ दिनु पर्छ
तर याद गर
गाउँ पनि कहाँ बचेको छ र दिनलाई
तिम्रो बा आमाका
तिम्रो हजुरबा ,हजुरआमाको गाउँ त
उहिल्यै चट्याङले खाइ सकेको छ !

बाल मनोविज्ञानमा आधारित पोख्रेलको कविताका लाइनहरूले दर्शकको राम्रो ध्यान खिच्छ । अनि तयारी अवस्थामा रहेका मधु घिमिरेलाई सञ्चालकबाट बोलावट
हुन्छ । उनी खाली खुट्टा मञ्चमा चढ्छन् । ‘भानुको सम्झनामा’, शिर्षकमा आफ्नो मन्दाक्रान्ता छन्द कविता भाका हालेर गाउँछन् । उपस्थित हलक श्रोता घिमिरेको
कवितामा डुबेका थिए ।

 

तस्विर श्रोतः जे एन दाहाल

त्रिवेणी साहित्य मञ्चको त्यस कार्यक्रममा युवा, वृद्ध वृद्धाहरू, बालका गरी तिन पुस्ताको उपस्थिति थियो । त्यो उपस्थितिले संस्थाको सांकेतिक लोगोको अर्थपूर्ण भएको देख्न मिल्थ्यो,
यो खुसीको विषय हो र त्रिवेणीको सफलता पनि । पहिला ‘ बृहत् कविता सङ्ग्रह’ को अनावरण गरिन्छ । त्यसपछि बोधराज ढुङ्गेलको कृति ‘ डिल्लीराम शर्मा आचार्यको जिवनी
व्याक्तित्व र कृतित्वको विश्लेषणात्मक अध्ययन एवं मूल्याङ्कन ‘ को विमोचन हुन्छ । पहिल्यै स्टेजमा राखिएका किताबको चाङलाई सुन्तले कपडाले ढाकेको हुन्छ । अतिथिहरू
त्यसै कपडालाई झिकी अनावरण गर्छन्, हामी तालीले स्वागत गर्छौँ। दुवै पुस्तक मातृभाषा संरक्षण समूहले प्रकाशन गरेका हुन् ।

डिल्लीराम शर्मा आचार्यको जीवनी पुस्तकमा व्यतीत र कृतित्व दुवै प्रस्तुत छ भन्ने भाव देवी खनालले बताएका थिए । लेखक बोधराजले मेची अञ्चलबाट , बाट बि एड गर्नुभएको
रहेछ भन्ने जानकारी पनि त्यहीँ मिल्छ । हालै विमोचित ‘बृहत् कविता सङ्ग्रह’मा एक सय एकाउन्न वटा कविता छन् । कविहरू भारत, भुटान, नेपाल र बर्मा लगायत युरोपका
विभिन्न देशबाट सहभागिता छ । कार्यक्रममा कविता सुन्ने सुनाउने क्रम त बिच बिचमा चली नै रहन्छ । यही क्रममा नेत्र आचार्यले शिखरिणी छन्दमा भानुको सम्झनामा गर्छन् ।

त्यसपछि मञ्चको बिच भागमा ग्लोबल तोकण्डोबाट नानीबाबुहरूले सेतो युनिफर्ममा पहेँलो, हरियो, कालो, रातो आफ्नो ग्रेड अनुरूपको रङका बेल्ट बाँधी उभिएका छन् ।कोही स्टेपहरू
प्रस्तुत गर्छन् ।अन्दाजी सत्तरी जना जतीको उपस्थिति रहेको कार्यक्रम एउटै मञ्चमा कविता वाचन, गायन, नृत्य लगायतका काला देखाउनु , त्रिवेणीमा विविधता देख्न मिल्थ्यो ।

 

तस्विर श्रोतः जे एन दाहाल

यहीँ आएर नेपाली सिकेकी सानी , एञ्जला अधिकारीले एउटा छोटो कविता वाचन गरिन् । घडीमा बाह्र बजेर त्रिचालिस मिनेट जाँदा अर्का अमेरिका आइकन नेपाली सिकेका गौरव भट्टराईले
पनि’ अस्तित्व ‘ शीर्षकको आफ्ना बुवा नवीन भट्टराईको कविता प्रस्तुत गर्छन्। त्यसपछि मन्तव्यका क्रममा मुख्य अतिथि तिलक निरौलाले त्रिवेणीको नयाँ समितिलाई शुभकामना सहित
भुटानीहरूको व्यवसायले बढि रहेको हेरिस्बर्गको गतिविधि कस्तो अवस्थामा छ भन्ने जानकारी दिन्छन् ।

उक्त कार्यक्रममा भुटान गजल मञ्च , हिन्दु धर्म एंवम संकृती, ग्लोबल तोकण्डो ,भुट्निज कमिनिटी अफ हेरिसबर्ग र लगायतका सङ्घ संस्था बाट पनि आफ्नो प्रतिनिधित्व देख्न मिल्थ्यो ।
क्रमशः एक बजेर चार मिनेट जाँदा बाँसुरीको धुन सुनाउन फूर्ब लामा स्टेजमा चढ्छन् । त्यो धुनले आम दर्शकको मन तान्छ । लामाको बाँसुरीले सबैका आँखा उनीतिर सोझिन्छन् ।

त्यसपछि पर्मा अधिकारी ‘हेर्ने त फेसबुक हो’ शीर्षकको कविता वाचन गर्छन् । लगत्तै आयुष अधिकारी छोटो कविता लिएर मन्चमा उक्लन्छन् । उनी आफ्नो बाल मनोविज्ञानले लेख्न सकेका कुरा
उनी नेपालीमा प्रस्तुत गर्छन् ।

दौरा सुराल, ढाका टोपी र हरियो कोर्ट वरपर सहयोग गर्न खटिएका छन् शेखर कोइराला । कहिले माइक्रोफोनको स्टेण्ड बढाउने, कहिले झिकेर हातमै दिने कोइरालाको जोस उत्साहजनक देखिन्थ्यो ।

मन्तव्यको क्रममा स्वतारा डिस्टिकको काउन्टी कमिसनर क्रिस्टिन भन्छिन्, मेरो भन्नु धेरै छैन । मलाई बोलाएकोमा धन्यवाद ।यहाँहरूसँग सहकार्य गर्न म तयार छु ।

यसै बिच उपस्थित सबैलाई समोसा, जेरी , जुस सहितको प्लेट पनि आउँछ ।खाजामा खाँदै कार्यक्रम हेर्न भुत्लिन्छन् दर्शकहरू । पर्शु दाहाल आफ्नो मनतब्यको पालो आएपछि भन्छन् ,
हाम्रो परम्परा नछाडौँ । आफ्ना कुरा दस्ताबेज गरौँ। त्यो मात्र पछिसम्म काम लाग्छ । उनका कुरा सान्दर्भिक पनि लाग्छन् ।

तस्विर श्रोतः जे एन दाहाल

तिन जना महिला सुन्दर साडी र ब्लाउजमा स्टेजमा चढ्छन्। ती हुन् वसुधा रिजाल, सबिना खनाल, इन्दुश्री चौहान तिन जनाले सामूहिक कविता वाचन गर्छन् । आ-आफ्नो हातमा तिन वटै
माइक्रोफनमा लिएर सुरिलो आवाजले रामायणका केही श्लोक गाउँछन् । सभा हल घन्कन्छ, उपस्थित दर्शक निक्कै रमाइलो मान्दै सुन्छन् ।
कान्छी ढुङ्गेलले, बच्चुकैलासको स्वरमा रहेको गीत प्रस्तुत गर्छिन् । गाउँदै गर्दा कान्छीको शरीरको हाउभाउ पनि गीतमै झुमेको देखिन्छ ।

” तिमीले त हैन  तिम्रा भाकाहरूले
मेरो मुटु छोइ सकेछन्
मैले पनि हैन मेरा आँखाहरूले
तिम्रो लागी रोइ सकेछन् “

 

तस्विर श्रोतः जे एन दाहाल

गोलो अनुहार बिचमा चस्मा , पहेँलो कुर्थी र जिन्समा उभिएर हेमन्ता अधिकारीले ‘खोज ‘ शीर्षकको कविता वाचन गर्छिन् । उनको आकर्षक शैली र हातको लवजले दर्शकको
नजर तान्छ । त्यसपछि सेतो सर्ट र खरानी रङको कोर्ट काइन्टमा सजिएका त्रिविक्रम न्यौपानेलाई अघि बोलाउँछन् सञ्चालक , नारद । लेङकास्टर कार्यक्रम स्थलबाट पैँतालिस
मिनेट टाढा बाट आएका न्यौपाने भानु शीर्षकमा कविता र गजल प्रस्तुत गर्छन् ।

 

तस्विर श्रोतः जे एन दाहाल

प्रशंसा आचार्य , छोटो कविता पाठ गर्छिन् । उनको नेपाली भाषा प्रतिको माया देखिन्छ । त्यसपछि ब्लोमिङ लोटस डान्स स्टिडियोको दोश्रो बालिकाहरूको सामूहिक नृत्य देख्न मिल्छ ।

“छिट्को साडी मखमली चोलीलाई
कस्तो लाग्यो गाउँकी यो छोरीलाई “

दुवै नृत्य दुर्गा सिवाकोटीको कोरियोग्राफ हुन् । ती बालबालिकालाई यसरी सानै उमेर देखि गीत सङ्गीतको माध्यमले भाषा सिकाइ गर्नु , नेपाली जातीका लागी सुखद पक्ष हो ।

कालो ब्लाउजमा , सोते भुँइमा बैगुनी रङको बुट्टेदार साडी लगाएकी वसुधा रिजाल फेरी अघि आउँछिन् । थाइकट कपाल , अनुहारको बिचमा
कालो फ्रेमवाला चस्मा लगाएकी अग्लो कदकी रिजालको गलाबाट आवाजबाट निस्कन्छ,’ म त लाली गुराँस भएछु’ । छेत्र प्रताप अधिकारीको शब्द र
नारायण गोपालको आवाजमा सुनिरहेको उक्त गीत रिजालको स्वारमा पनि सुरिलो सुनिन्छ ।

बिच बिचमा कविता वाचन त चली नै रहेको छ । भानुको सम्झनामा कविता वाचन गर्छन् मदन पोख्रेल र शेखर कोइराला गजल वाचन गर्छन् । श्रोताको नजर कोइरालाको प्रस्तुतिले खिच्छ,
“चाहनाको पर्खाइमा बस्ने बानी गर्नुपर्छ
पराइ हुँदैन केही चिनजानी गर्नुपर्छ “

अध्यक्ष वैरागी माइलो आफ्नो मन्तव्यका क्रममा भन्छन् बृहत् कविता सङ्ग्रहमा पद्य कविता बहत्तर जना कविका छन् ।गद्यमा उनन्सत्तरी जना कविहरूको सङ्कलन छ ।एक जना
कविका तिन कविता समावेश छन् त्यसपछि आयुष, एन्जला, प्रशंसा, गौरव र हेमन्ता पाँचै जना बाल कविलाई भानुभक्त जस्तै बन्नु भनी हौसला स्वरूप रामायणको पुस्तक पुरस्कार
दिइन्छ । त्यसै दौरान अध्यक्ष घिमिरेले प्रायोजक लक्ष्मी दुलाल र अन्य धेरैको सहकार्यले कार्यक्रम सफल बनेको हो भन्ने सम्झना गर्न पुग्छन् ।

कालो कोटो कालै पाइन्ट , रातो सर्ट , पहेँला जुत्तामा सजिएका छन् बल कृष्ण न्यौपाने छन् । उज्यालो अनुहार लगाइ मुस्कुराइ रहने न्यौपाने मञ्चमा नारद सुदामा आचार्यको
शब्दमा रहेको र आफ्नो सङ्गीत र स्वरमा रहेको गीत गाउँछन् ,

” पिज्जा खाऊ या बर्गर खाऊ
स्वदेशी दाल भात तरकारी
अङ्ग्रेजी खाऊ या जापानी
भाका मिठो नेपाली सधैँ भरी “

यसरी एक दर्शकका आँखामा जुलाई सोह्र आइतबारका दिन एउटा कार्यक्रम समापन भएको थियो । यो लेख्दै गर्दा मेरो आँखासामु ति दृश्य अझै घुमी रहेका छन् , घुमी रहेका छन् ।

One Reply to “त्रिवेणीमा तिन पुस्ता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *