दुष्ट भाग्य

श्याम खानेल
ओहायो, अमेरिका

छन्द: ईन्द्र बज्रा
त      त    ज दीर्घ दीर्घ
SSl   SSl   lSl  S   S

गम्की रहेका छन हालमा क्वै, मोटाउँदो देह घटाउँछन् क्वै ।
तेरो र मेरो कि हवाबनी क्वै, मिल्दा छँदालाई फुटाउँछन् क्वै । ।
नौलो जगाले पनि हो कि झन्क्वै, झुण्डी मरी संख्या घटाउँछन् क्वै ।
तेस्तै गरी व्यर्थ उदासि मन् भै, रोगाउँदै स्वर्ग पुकार्दछन् क्वै क्वै । ।

बन् बासको सन्त अघोरि झैं क्वै, गाँजा निशीमा पिइ घुम्दछन् क्वै ।
बाटा बजारै तिर दु: खि भइ क्वै, युवा भिखारी भइ माग्दछन् क्वै । ।
यो जो कुलत्को भरमा परी क्वै, नाता र आफ्नो छविनाश छन् क्वै ।
ऊदासिनु पर्छ अनर्थ यो भै, यस्तो कुलत्को छ निराकरण्खै । ।

पारेर मौका विधि दुष्टले क्वै, उक्काली बाटो छ र बीचमा गै ।
जो पारखी छन् पसिना भरी क्वै, बाँचौं बचाऔं सुभला सबैकै । ।
भन्ने बहादुर्मनका ठिटा क्वै, तेस्तामहा लाहि बजार्दियो गै ।
दु:खी सरी कष्ट न बोकनन् क्वै, हे दुष्ट भाग्य अब भन् तँ आफै । ।

हे दुष्ट भाग्य, अब भन् तँ आफै । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *