दुस्मनको झ्यालबाट
दुस्मनको झ्यालबाट
चर्किएको मेरो घरको भित्तो
सायद चिल्लो देखिँदो हो
दुस्मनको झ्यालबाट।
बोतलको आधा रक्सी
धिपधिप गर्दै बलेको यो बत्ती
यो थोरै प्रकाशको उज्यालो,
यो थोरै उज्यालोमा
सायद बोतल भरी-भरी देखिँदो हो
दुस्मनको झ्यालबाट।
यो लथालिङ्ग टेबुलको
छिया-छिया छातीमाथि
नाम र ठेगाना नलेखिएका
टुहुरा चिट्ठीहरु,
छिया-छिया छातीमाथि
सम्हालिन नसकेका यादहरु,
छिया-छिया माथि
अझ चिरै-चिरा पारिदिने तस्विरहरु,
यी सबै चिट्ठी र तस्विरहरुको थुप्रो छेउमा
धुँवाउँदै छ यो फिल्टर-ट्रे।
धुँवा-धुँवाले भरिएको
प्राय रित्तो रहने यो सिटिङ्-रुम
यति बेला भव्य शहर जस्तो तर,
तुँवालोले ढाकेझैँ देखिँदो हो
दुस्मनको झ्यालबाट।
बेवास्तित हुन चाहन्छु छिमेकीबाट
डर लाग्छ ऊ हाँसिराखेको होला
मातिराखेको होला।
लुक्न चाहन्छु म दुस्मनको आँखाबाट
ढोका लगाइदिन्छु सुरक्षाको
बत्ती निभाइदिन्छु उज्यालोको।
म निदाउँनु अघि सम्झिन पुग्छु,
चर्किएको मेरो घरको भित्तो
सायद चिल्लो देखिँदो हो
दुस्मनको झ्यालबाट।
SabinJi
I have raed you poem Dushmn ko Jhyalbata and like it much.
चेतनाहरुको सडकमा नाबिन्ताका पाइलाहरु हिड्न खोज्ने सबिन्जिको कलम दुस्मोंको झ्यालबाट निकै परिपक्क्व उभेका पाइन्छ
तेसो त सबिनजी भूपली साहित्य जगतको तन्नरी लेखक होइन नै । स्तितीसंगै वर्तमानको हिफाजतमा जुटेको आधिनिक मानिशको नजरमा जब सत्रु देखिन्छ तब उ सङ्कटहरुको घनचक्करमा हुन्छ । सबिनजीको दुश्मनको झ्यालबाट कविताले पनि यस्तै चेतनालाई मुखरित गरेको हुन्छ । यस कविताको मेरुदण्ड भनेकै चेतना हो ।
“लुक्न चाहन्छु म दुस्मनको आँखाबाट
ढोका लगाइदिन्छु सुरक्षाको”
सबिनजी सुरक्षाको ढोका लगाएर कसरी तपाई घरभित्र समालिनु होला मलाई संकोच लहेको छ । असुरक्षाको ढोका बन्द गर्नु नै उचित होला ।
समग्रमा यो कविता निक्कै अशल छ । यस्तै कविताहरुको संगालो अघि बडोस मेरो कामना छ ।
यो सबै तपाईं हरुको हौसला र सुझाबको पारीणाम हो एककिसिमले। प्रयास गर्दै जने छु आरु उकालो चड्नलाई। आस राख्छु मेरो कमी कम्जोरी हरु औल्याई सहयोग गर्दै रहनु हुनेछ तपाईं। धन्यवाद
sabin ji,,i really enjoyed your creation.hope YOU will give chance to read more again.
यो सबै तपाईं हरुको हौसला र सुझाबको पारीणाम हो एककिसिमले। तपाईंको यो सुझाब आथवा प्रतिकृयाको लागि म धेरै आभारी रहेको छु। प्रयास गर्दै जने छु आरु उकालो चड्नलाई।
सबिन जी,
साँचै बान्की परेको कविता हो यो l लेख्दै जानुहोला है l
Sancha Man Khaling
खालिङ जि,
साचै आभारी छु तपाईं को सुझाव प्रती। धेरै धन्यवाद छ।
hello sabin ji…superb creation.
yes rivals are all around us and they everything of ours from the enematic eye.
i liked the views sribbled.keep up ur writing spirit
म प्रयास गर्दै जने छु। तपाईंको सुझावको लागि आभारी छु। के दिन सक्छु र सिवाय धन्यवाद।
Sabin jee really nice poem yar keep it up.
भाई तिम्रो कमेन्टको लागि धन्यवाद छ है। खुशी लाग्यो
sabinji,
i really appreciate your writing. the writings are the realistic that shows how bhutanese people are still devotee of their motherland country bhutan. and still their intention is bhutan. whether they be seperated under compulsion.
thantk solti
goodwork!
thank you
Hi Sabinji,
The poem is a superb creation and unprecedented in the way you have managed to caste down the senses and emotions through symbols. I liked it much and expect to read more of your poems in the days to come. Do keep up your literary merits and spirit.
kabita bhawatmak rupmaa pratham shreniko chha. nirantartaa ko kamana pani.
यहाँ लाई धेरै धेरै धन्यवाद छ।